विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघ्यो « Khabarhub

विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघ्यो


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको हो ।

शुक्रबार बिहानसम्मको तथ्यांकानुसार २० लाख १ हजार २०९ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ७ लाख ४७ हजार ३१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ३५ लाख नाघेको हो ।

शुक्रबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ३५ लाख ७ हजार ९४२ पुगेको छ । यसमध्ये ६ करोड ६७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ४०४ जना निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ९७ लाख ८७८ पुगेको छ ।

कुल संक्रमितको २६.४२ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ४७ लाख ८ हजार ८५५ छ । यसमध्ये १ लाख ११ हजार ७३१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेको अमेरिकामा २ करोड ३८ लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाख ९७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ७ : २७ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको