डोनल्ड ट्रम्प राष्ट्रपति पदमा रहँदासम्म अमेरिकी सफ्ट पावर अर्थात आर्थिक प्रलोभन र दण्डविना नै अरूलाई आफूतिर आकर्षित गर्ने क्षमतामा खास राम्रो प्रभाव परेन ।
सन् २०१७ पछि भएको मत सर्वेक्षणमा अरूलाई आकर्षित गर्ने हाम्रो क्षमतामा कमी आएको देखाउँछ । यसलाई गत वर्षको महामारी नियन्त्रण गर्ने सवालमा ट्रम्प प्रशासनको अक्षमताले झनै बढावा दिएको छ ।
केही उदण्ड व्यक्तिहरूले क्यापिटल हिलमा गरेको आक्रमणसँगै हामी नयाँ वर्षको सुरुवात गर्दैछौँ । यसरी संसद् भवनमा आक्रमण गर्ने आक्रमणकारीलाई सिनेटर जोश हेब्लेले आफ्नो हात मुठ्ठी पार्दै स्वागत गर्दा रिपब्लिकन पार्टीका अर्का सिनेट बेन सासीले आलोचना गरे । हाम्रा केही साझेदार देश यस घटनाका कारण स्तब्ध भए । के यो घटनापछि पनि हाम्रो सफ्ट पावर बिउँझिन सक्छ ?
हामीले हाम्रो सफ्ट पावर विगतमा पनि बिउँझाएका छौँ । हाम्रो देशमा अहिले गहन समस्या छ तर हामीसँग यो समस्याबाट बाहिर निस्किने क्षमता र साहस दुवै छ । हामीले यसअघि पनि समस्याबाट देशलाई बाहिर निकालिसकेका छौँ ।
मार्टिन लुथर किङ र रोर्बट केनेडीको हत्या भएको देख्दा जर्ज वालेशजस्ता व्यक्ति चर्चामा आएको देख्यौँ । यो घटना भएको दशकपछि अमेरिकी कंग्रेसले सुधारको केही काम गर्यो । इमानदारीका साथ भन्नुपर्छ, जिमी कार्टरको मानव अधिकार नीति र रोनाल्ड रेगनको सकारात्मक दृष्टिकोणका कारण हामीले हाम्रो आकर्षण पुनर्स्थापित गर्यौँ ।
सन् १९६० को दशकमा भएको जातीय आन्दोलनका कारण अमेरिका जल्दै थियो । हामी भियतनाम युद्धको दलदलमा फस्दै थियौँ । सरकारी भवन र विश्वविद्यालयमा बम विस्फोटन भएको थियो । राष्ट्रिय सुरक्षा फौजले केन्ट राज्यमा विद्यार्थीको हत्या गरेको थियो ।
हामीले त्यही समयमा मार्टिन लुथर किङ र रोर्बट केनेडीको हत्या भएको देख्दा जर्ज वालेशजस्ता व्यक्ति चर्चामा आएको देख्यौँ । यो घटना भएको दशकपछि अमेरिकी कंग्रेसले सुधारको केही काम गर्यो । इमानदारीका साथ भन्नुपर्छ, जिमी कार्टरको मानव अधिकार नीति र रोनाल्ड रेगनको सकारात्मक दृष्टिकोणका कारण हामीले हाम्रो आकर्षण पुनर्स्थापित गर्यौँ ।
विश्वका विभिन्न सहरमा अमेरिकाको भियतनाम नीतिविरुद्ध मान्छेहरू प्रदर्शनमा निस्किँदा पनि कम्युनिस्ट समर्थित गीत गाउनुभन्दा मार्टिन लुथर किङको ‘हामीले जित्ने छौँ’ भन्ने नारा बढी लगाए ।
प्रदर्शनमा नागरिक अधिकारसम्बन्धी नारा लाग्नु भनेको अमेरिकाको शक्ति र आकर्षण उसको सरकारका नीतिका कारण होइन, बरु उसको नागरिक समाज, आत्मालोचना र सुधारका नाराका कारण हो भन्ने प्रष्टा पार्यो । कसैले त्यसलाई ‘मेटा सफ्ट पावर’ पनि भन्न सक्छन् ।
आर्थिक सहायता गर्ने संयुक्त राज्य अमेरिकी संस्था होओस् वा अमेरिकी विश्वविद्यालयमा स्वतन्त्ररूपमा गर्न सकिने पुछताछ होओस्, यी सबै कुराले मानिसलाई हाम्रो देशप्रति आकर्षित गर्छ ।
एउटा देशको सफ्ट पावर मुख्यतः तीन स्रोतबाट आउँछ : उसको संस्कृति (यदि अरूका लागि आर्कषक छ भने), उसको राजनीतिक मूल्य मान्यता, प्रजातन्त्र र मानव अधिकार (यदि उसले साँच्चै पालना गर्छ भने) र उसको नीति (यदि कानुन सम्भत छ भने) ।
आन्तरिकरूपमा सरकारले कस्तो व्यवहार देखाउँछ, उदाहरणका लागि स्वतन्त्र प्रेसको रक्षा र प्रदर्शनको अधिकार रक्षा, अन्तर्राष्ट्रिय संघसंस्थामा अरूसँग सरसल्लाह र बहुपक्षीयतामा विश्वास, विदेश नीतिमा विकास प्रवर्द्धन र मानव अधिकारको रक्षा । यी केही उदारहण हुन् जसले अरूलाई आकर्षित गर्छ । बुधबारको उदाहरण डरलाग्दो थियो तर हामी त्यसबाट उठ्नेछौँ ।
एउटा कुरा के हो भने हाड पावर (जस्तै : सैन्य शक्ति) सफ्ट पावरभन्दा अलग हुन्छ तर त्यसले मानिसलाई त्यो देशप्रति आकर्षित गराउँछ । त्यो देशको राजनीतिक व्यवस्था कस्तो छ भन्ने कुराले खास फरक पार्दैन ।
एउटा स्वतन्त्र महिलाको कथा भएको हलिउडको फिल्म अथवा अल्पसंख्यकहरूको प्रदर्शनले नै मानिसलाई आकर्षित गर्नसक्छ । यस्तै काम हाम्रो विकेन्द्रीकरण र स्वतन्त्र प्रेसले गर्छ ।
यस्तै, आर्थिक सहायता गर्ने संयुक्त राज्य अमेरिकी संस्था होओस् वा अमेरिकी विश्वविद्यालयमा स्वतन्त्ररूपमा गर्न सकिने पुछताछ होओस्, यी सबै कुराले मानिसलाई हाम्रो देशप्रति आकर्षित गर्छ ।
उद्योग व्यवसाय, विश्वविद्यालय, चर्च र प्रदर्शनीजस्ता विषयले अरूमाझ हाम्रो सफ्ट पावर बढाउने काम गर्छ । शान्तरूपमा हुने हाम्रो प्रदर्शनले पनि हाम्रो सफ्ट पावर बढाउने काम गर्छ ।
निश्चय पनि बुधबार निस्किएको भिडले राष्ट्रपति ट्रम्पले भन्दै आएको राजनीतिक विकेन्द्रीकरणलाई प्रश्रय दिन्छ तर त्यो कु थिएन । यसका बबजुद केन्द्रहरू सञ्चालनमा थिए । संस्थाले काम गरिरहेको थियो । जो बाइडन निर्वाचनमा विजयी भएको प्रमाणीकरण हुँदै थियो ।
पछिल्ला दुई दशकमा हामीले हाम्रो राजनीति धेरै धुव्रीकरण भएको देख्यौँ । ट्रम्पले अमेरिकी नागरिकहरूको पपुलिस्ट व्यवहारलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्दै रिपब्लिकन पार्टीमा आफ्नो पकड बनाए ।
समयअगावै अमेरिकी प्रजातन्त्रका विषयमा शोक मनाउनेले यो जान्न आवश्यक छ कि सन् २०२० को निर्वाचनमा अभूतपूर्वरूपमा मत दिएर अमेरिकी नागरिकले एक दुर्जनलाई पदबाट अपदस्थ गरे । यो निर्णय ६ वटाभन्दा बढी अदालतबाट सदर भयो जसमा ट्रम्पले नै नियुक्त गरेको न्यायाधीश छन् ।
ट्रम्पका समर्थकहरूले धेरै सिनेटर र कंग्रेस सदस्यलाई थर्काएर राखेका थिए । जसमध्ये केही अझै पनि थर्काइँदैछन् । यसका बाबजुद हाम्रो संघीय व्यवस्थामा स्थानीय अधिकारी ( रिपब्लिकन, डेमोक्रेट र स्वतन्त्र) ले महामारीको समयमा पनि निर्वाचन गराउन इमानदारीपूर्वक काम गरे ।
हाम्रो प्रजातान्त्रिक राजनीतिक संस्कारले स्थानीय तहमा धेरै नायक जन्माएको छ । उदाहरणका लागि, सरकारी अधिकारी र राज्य विधायकहरूले ट्रम्पले निर्वाचनमा खसेको मत बदर गर्न गरेको निर्देशन पालना गरेनन् ।
समयअगावै अमेरिकी प्रजातन्त्रका विषयमा शोक मनाउनेले यो जान्न आवश्यक छ कि सन् २०२० को निर्वाचनमा अभूतपूर्वरूपमा मत दिएर अमेरिकी नागरिकले एक दुर्जनलाई पदबाट अपदस्थ गरे । यो निर्णय ६ वटाभन्दा बढी अदालतबाट सदर भयो जसमा ट्रम्पले नै नियुक्त गरेको न्यायाधीश छन् । अन्त्यमा यसलाई रिपब्लिकन पार्टीका तर्फबाट उपराष्ट्रपति रहेका व्यक्ति र सिनेटमा रहेका अन्य साना दलले पनि सदर गरेका छन् ।
अमेरिकी प्रजातन्त्रमा सबै राम्रो छ भन्ने चाहिँ होइन । ट्रम्पले प्रजातन्त्रका धेरै मूल्य मान्यता भत्काएका छन् जसलाई पुनर्स्थापित गर्नुपर्छ । अमेरिकी समाज धुव्रीकरण भएको छ र ट्रम्पका केही समर्थकहरू निर्वाचनका विषयमा अदालतको निर्णय मान्नुभन्दा पनि धाँधली भएको कुरा विश्वास गर्छन् ।
आठ जना सिनेटर र सयभन्दा बढी प्रतिनिधि कायर र राजनीतिक अवसरवादको पुञ्ज छन् । सामाजिक सञ्जालको व्यावसायिक मोडल अतिवादीबाट फाइदा लिने नीतिमा छन् । यस्ता कम्पनीहरू आफूलाई परिचालन गर्नेका विरुद्ध षड्यन्त्रका सिद्धान्तका आधारमा विस्तारै कदम चाल्दैछन् ।
जनवरी ६, २०२१ पनि डिसेम्बर ७, १९४१ जस्तै बदनाम हुनसक्छ । इतिहास नै बदल्ने घटना पनि हुनसक्छ । बेलगाम ट्रम्पका कारण अन्य राजनीतिक नेता टम्पको प्रभाव न्यूनीकरण गर्न लागेका छन् । अहिलेसम्मको स्थिति हेर्ने हो भने जो बाइडन केही नरम स्वभावका देख्छिन् ।
अहिले नै सुनिश्चित हुन त गाह्रो छ, यदि उनले महामारी फैलनबाट रोक्नसके भने, अर्थतन्त्रलाई पुनतौजगिकीकरण गरे भने, राजनीतिक ध्रुवीकरण गर्ने व्यक्तिलाई शान्त राखे भने हामीले एक खतरनाख राजनीतिक अवधिको सुरुवातभन्दा अन्त्य देखिरहेका हुनेछौँ ।
(हार्वड केनेडी स्कूल अफ गभर्नेन्शका पूर्व डीन नाई प्रसिद्ध पुस्तक ‘सफ्ट पावर’ का लेखक हुन् । जनवरी ७, २०२१ मा द न्याशनल इन्ट्रेस्टमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया