शहरको डेरा, चोरीको सहारा « Khabarhub

शहरको डेरा, चोरीको सहारा



झापा– पहाडबाट तराई, अनि गाउँबाट शहरमा बसाई सर्ने अधिकांशको सपना हुन्छ । सके घरै बनाउने, नसके डेरा बस्ने ।

अझ युवा पुस्तामा त यो सपनाले धेरैलाई सताउने गरेको छ । त्यही सपना पूरा गर्नुको चुनौति भने सानोतिनो हुँदैन भन्ने देखाएको छ, झापामा भएको चोरी घट्नाले ।

मेची पहाडी जिल्लामा बसोबास गर्नेहरुका लागि झापाको विर्तामोड तथा दमक ठूला र झिलिमिलि शहर हुन् । यहि शहरमा बसाई सरेर आफ्नै घर बसाउने धेरैको महत्वकांक्षा हुन्छ । तर त्यहि महत्वकांक्षा र रहर पूरा नहुँदा डेरा बस्न थालेका युवाहरु महत्वकांक्षा पूरा गर्नकै लागि अपराधको सहारा लिनु परेको पाईएको हो ।

‘अपरेशन हन्ट’मा भेटिए चोरीमा संलग्न
झापाको विर्तामोड तथा असपासमा मोटरसाईकल चोरीका घट्ना बढे पछि प्रहरीले विसेश अप्रेशननै सञ्चालन गर्‍यो । यसलाई प्रहरीले ‘अपरेशन हन्ट’ नाम दिएको थियो ।

‘अप्रेशन हन्टिङ्’का युवाहरुको एउटा समुहनै यसमा संलग्न भएको पाईयो । संलग्न उनीहरु मेची पहाडका विभिन्न ठाउँबाट विर्तामोड आएर डेरा गरि बसेका थिए ।

प्रहरीले १५ ओटा चोरीका मोटरसाईकलसहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–२ का क्षितिज भनिने रोशन तामाङ, सोही ठाउँका २० वर्षीय रोशन बुढाथोकी, माई नगरपालिका ६ का २० वर्षीय रोशन गिरी, सोही ठाउँका ३० वर्षीय राजेश गिरी र सोही ठाउँका मनिष गिरी छन् ।

त्यस्तै, पाँचथरको फाल्गुनन्द गाउपालिका ३ का २१ वर्षीय पासाङ तामाङ र ताप्लेजुङ सिदिङवा ४ का २२ वर्षीय सन्दीप लिम्बू रहेको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका सात जनानै बिर्तामोडमा डेरा लिएर मोटरसाइकल चारी गर्दै आएका थिए ।

सञ्जाल तोडेको दावी
एकै पटक ठुलो संख्यामा चोरी भएका मोटरसाईकल र त्यसमा संलग्नलाई पक्राउ गरेको प्रहरीले भने मोटरसाईकल चोरीको सञ्जालनै तोडेको दावी गरेको छ ।

बिर्तामोडमा डेरा गरेर मोटरसाइकल चारीमा संलग्नको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमीले पक्राउ गरेसँगै प्रहरीको यो दावी आएको हो ।

एक हप्तासम्म प्रहरी निरीक्षक हरि बरालको नेतृत्वमा ‘अपरेशन हन्ट’ चलाएर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

बरामद गरिएका मध्ये ४ ओटा स्कुटर रहेका छन् भने बाँकी मोटरसाईकल रहेका छन् । बरामद गरिएका मोटरसाईकल तथा स्कुटर धनी पत्ता लगाउने कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ ।

चोरीको पेशेवर शैली
मोटरसाईकल चोरीको यो गिरोहलाई प्रहरीले ‘पेशेवर’ को संज्ञा दिएको छ । उनीहरुले निक्कै चलाखी र सावधानी पूर्वक चोर्ने गरेकाले पनि उनीहरु पेशेवर देखिएको प्रहरी नायव उपरीक्षक रिजाल बताउँछन् ।

उनको भनाइमा चोरीमा संलग्न समुहका सदस्यहरुले सुरुमा मोटरसाईकल पहिचान गर्ने, अर्काले रेकी गर्ने, अर्काले रोकी राखेको ठाउँबाट निकाल्ने र अन्य त्यसको सुरक्षित बन्दोबस्तिमा संलग्न हुने गरेको पाईयो ।

उनले भने–‘यिनीहरुको शैली हेर्दा त रोकी राखेको मोटरसाईकल मिनेट भित्रमा पनि चोरी गर्ने गरेको पाईयो, यो पेशवर नभई सम्भव छैन ।’

चोरीका मोटरसाईकल प्रहरी तथा चेकजाँदको कम पहुँच भएका पहाडी तथा ग्रामिण भेगमा लगेर बेच्ने गरेको प्रहरीको अनुमान छ । चोरी भएका मोटरसाईकल मध्ये धेरैजसो पल्सर छन् ।

यस्ता मोटरसाईकल ग्रामिण र पहाडी भेगमा पनि चल्ने र सस्तो खोज्नेले यस्तै रोज्ने गरेकाले समेत चोरी गर्नेको नजर पनि यसमा परेको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : ५९ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले