थप चार क्षुद्रग्रहले पाए अस्थायी नाम « Khabarhub

थप चार क्षुद्रग्रहले पाए अस्थायी नाम


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२० मा सञ्चालित राष्ट्रिय क्षुद्रग्रह खोज अभियानअन्तर्गत जम्मा ३८० नयाँ क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान गरिएको छ ।

जसमा चार वटा क्षुद्रग्रहलाई अस्थायी नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

यी क्षुद्रग्रहका बारेमा विस्तृत विवरण हेर्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

अमृत साइन्स क्याम्पसकी छात्रा रेजा थापाले २०२० एफओ ११, होराइजन गौतम बुद्ध सेकेण्डरी स्कूल बुटवल रुपन्देहीका विद्यार्थी आविष्कार पौड्याल, बृजेशराज फुल्लेल र अर्बिन्द पाण्डेको समूहले २०२० एचके ३४, सेन्ट जेभियर्स कलेज, माइतीघर काठमाडौँका प्रणव साह, सागर डङ्गोल, गौरव बराल र प्रसन्न ढुङ्गानाको समूहले २०२० एचटी ४९ र त्रिचन्द्र क्याम्पस काठमाडौँका विमल खड्का तथा इशिका पौडेलको समूहले २०२० पीजी १५ नामको क्षुद्र ग्रह पत्ता लगाएका हुन् ।

खोज गर्ने विद्यार्थीलाई सोसाइटीका तर्फबाट अध्यक्ष भट्टराईले पथ प्रदर्शन गर्नुभएको थियो । यदि कुनै क्षुद्रग्रह प्रारम्भिक पहिचान भएको ७-१० दिनमा पुनः देखिए त्यसलाई अस्थायी नाम दिने गरिन्छ ।

यसरी अस्थायी नाम पाएका क्षुद्रग्रलाई निरन्तर अवलोकनमार्फत त्यसको कक्षको पर्याप्त जानकारीपछि इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले नम्बर दिएर सुचीकृत गर्छ ।

राष्ट्रिय क्षुद्रग्रह खोज अभियानअन्तर्गत यसरी सूचीकृत भएका क्षुद्रग्रहको नाम राख्ने मौका सम्बन्धित टोलीलाई दिइन्छ । हालसम्म यो कार्यक्रममार्फत एक हजार ७२ क्षुद्रग्रहको प्रारम्भिक पहिचान भएको सोसाइटीले जनाएको छ । एघार वटा क्षुद्रग्रहले भने अस्थायी नाम पाइसकेका छन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ५ : ५७ बजे

लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो

नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता