थप चार क्षुद्रग्रहले पाए अस्थायी नाम | Khabarhub Khabarhub

थप चार क्षुद्रग्रहले पाए अस्थायी नाम


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२० मा सञ्चालित राष्ट्रिय क्षुद्रग्रह खोज अभियानअन्तर्गत जम्मा ३८० नयाँ क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान गरिएको छ ।

जसमा चार वटा क्षुद्रग्रहलाई अस्थायी नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

यी क्षुद्रग्रहका बारेमा विस्तृत विवरण हेर्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

अमृत साइन्स क्याम्पसकी छात्रा रेजा थापाले २०२० एफओ ११, होराइजन गौतम बुद्ध सेकेण्डरी स्कूल बुटवल रुपन्देहीका विद्यार्थी आविष्कार पौड्याल, बृजेशराज फुल्लेल र अर्बिन्द पाण्डेको समूहले २०२० एचके ३४, सेन्ट जेभियर्स कलेज, माइतीघर काठमाडौँका प्रणव साह, सागर डङ्गोल, गौरव बराल र प्रसन्न ढुङ्गानाको समूहले २०२० एचटी ४९ र त्रिचन्द्र क्याम्पस काठमाडौँका विमल खड्का तथा इशिका पौडेलको समूहले २०२० पीजी १५ नामको क्षुद्र ग्रह पत्ता लगाएका हुन् ।

खोज गर्ने विद्यार्थीलाई सोसाइटीका तर्फबाट अध्यक्ष भट्टराईले पथ प्रदर्शन गर्नुभएको थियो । यदि कुनै क्षुद्रग्रह प्रारम्भिक पहिचान भएको ७-१० दिनमा पुनः देखिए त्यसलाई अस्थायी नाम दिने गरिन्छ ।

यसरी अस्थायी नाम पाएका क्षुद्रग्रलाई निरन्तर अवलोकनमार्फत त्यसको कक्षको पर्याप्त जानकारीपछि इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले नम्बर दिएर सुचीकृत गर्छ ।

राष्ट्रिय क्षुद्रग्रह खोज अभियानअन्तर्गत यसरी सूचीकृत भएका क्षुद्रग्रहको नाम राख्ने मौका सम्बन्धित टोलीलाई दिइन्छ । हालसम्म यो कार्यक्रममार्फत एक हजार ७२ क्षुद्रग्रहको प्रारम्भिक पहिचान भएको सोसाइटीले जनाएको छ । एघार वटा क्षुद्रग्रहले भने अस्थायी नाम पाइसकेका छन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ५ : ५७ बजे

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही

लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

पोखरा – ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी