कोरोनाविरुद्धको खोप : पत्रकारलाई प्राथमिकतामा राख्न माग « Khabarhub

कोरोनाविरुद्धको खोप : पत्रकारलाई प्राथमिकतामा राख्न माग


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघ कास्कीको १५औँ साधारण सभाले नेपालमा कोरोनाविरुद्धको खोप आयसँगै सञ्चारकर्मीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ ।

साधारण सभाले १० बुँदे घोषणा पत्र जारी गर्दै समाचार सम्प्रेसणका क्रममा ज्यानको जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने सञ्चारकर्मी कोरोनाको उच्च मारमा रहेको जनाइएको छ ।

विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसका कारण विभिन्न सञ्चार संस्थाले श्रमजीवी पत्रकार र कर्मचारी निष्कासन गर्ने, बेतलवी बिदामा राख्ने र जागिर छाड्नका लागि मानसिक तनावसमेत दिएको पाइएकाले त्यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

महामारीको अवस्थामा पनि सरकार र सञ्चार संस्था जिम्मेवार बन्न नसकेको महसुस गर्दे थप जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्दै घोषणापत्रमा श्रमजीवी पत्रकार ऐन व्यवहारिक कार्यान्वयनका लागि सशक्त भूमिका खेल्न नेपाल पत्रकार महासङ्घ केन्द्रलाई आग्रह गर्दे सञ्चारमाध्यमलाई जिम्मेवार बन्न अनुरोध गरिएको छ ।

प्रेससँग सम्बन्धित नीति निर्माण गर्दा सङ्घीयताको मर्मअनुरुपको संरचना तयार गरिनुपर्नेमा जोड दिँदै महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सङ्कुचन हुने गरी कुनै पनि ऐन कानून र नियमावली नबनाउन तीनै तहका सरकारसँग आग्रहसमेत गरेको छ । महासङ्घले शुरु गरेको पत्रकार शुद्धीकरण कार्यलाई निष्कर्षमा पु¥याउनाका साथै क्रियाशील पत्रकारलाई सदस्यता वितरण गर्न माग गर्दै पारित प्रस्तावमा महासङ्घलाई व्यवहारिकरुपमा समावेशी बनाउनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

पत्रकारिता पेशालाई मर्यादित, जवाफदेही र आकर्षणयुक्त बनाउन क्षमता अभिवृद्धिका योजना सञ्चालन गर्नुपर्नेमा पारित प्रस्तावमा जोड दिइएको छ ।

कोरोना सङ्क्रमण कोभिड—१९ का कारण दिवङ्गत हुनुहुने श्रमजीवी पत्रकारसहित सम्पूर्णको आत्माको चिरशान्तिको कामना गर्दै उपचारारतको उचित व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

 

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ६ : ३८ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र