नेपाली सेनाद्वारा खोज तथा उद्धारको नमूना प्रर्दशन « Khabarhub

नेपाली सेनाद्वारा खोज तथा उद्धारको नमूना प्रर्दशन


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दैवी विपत्तिको बेला नेपाली सेनाले गर्दै आएको खोज तथा उद्धारको कला आज सार्वजनिकरूपमा प्रर्दशन गरेको छ ।

भूकम्प दिवस अन्तरगत जिल्ला विपद् व्यवस्थापन समितिको आदेशमा नेपाली सेना कालिजङ्ग गणले धुञ्चेको खुला मञ्चमा घर भत्केर थिचिएका र असहज स्थानमा घाइते वा विचलित भएका व्यक्तिलाई गरिने उद्दारको कला प्रस्तुत गरेको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी एवं नेपाल प्रहरीले संयुक्तरूपमा गर्ने खोज उद्वारका तौर तरिकाको बारेमा आम नागरिकलाई जानकारी गराउने उद्देश्यका साथ सुरक्षा निकायमार्फत भूकम्प दिवसका अवसर पारेर सार्वजनिकस्थलमा पहिलो पटक कला प्रस्तुत गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

सर्वप्रथम आकस्मिकरूपमा बिपद् परेका व्यक्तिलाई खोजउद्वार गरी अस्पताल पठाउने, दोश्रोमा चौपाया खोज्ने र तेस्रोमा पुरिएका धनमाल खोजतलास गरी नेपाल प्रहरीमार्फत स्थानीय जनप्रतिनिधिको रोहवरमा घाइतेका आफन्तजनलाई बुझाउने कलाको प्रर्दशन भएको थियो ।

असहज ठाउँका घाइते व्यक्तिलाई डोरी एवं घरमा पुरिएका व्यक्तिलाई औजार सामग्रीको सहायताले बाहिर निकाली उपचारमा पठाइएको कलासमेत सर्वसाधारण माझ नेपाली सेनाले प्रस्तुत गरेको कार्यक्रमका सहभागीले बताए ।

विपद् परेका व्यक्तिलाई गरिने उद्वारको नमुना देखाई आम नागरिकको मनोवल उच्चपार्ने कार्यमा नेपाली सेनाले गरेको कला प्रर्दशनबाट खोज तथा उद्वारमा जुट्न स्थानीय वासिन्दासमेतलाई चेतनाको अभिवृद्विमा मद्दत पुगेको स्थानीय समाजसेवी सोनाम साङ्मो तामाङले जानकारी दिए ।

भूकम्प दिवस अन्तरगत जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र रेडक्रस रसुवा शाखाको सहयोगमा प्रभातफेरीका कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ८ : ५६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

आज २०८३ साल असार २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र