प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्चको निर्णय मान्नुपर्छ : अध्यक्ष तिमल्सिना « Khabarhub

प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्चको निर्णय मान्नुपर्छ : अध्यक्ष तिमल्सिना


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला सबैले मान्नुपर्ने बताएका छन ।

नेपाल पत्रकार महासङ्घ कास्कीको १५औँ साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै सर्वोच्चले गरेको फैसला मान्नु सबैको कर्तव्य भएको बताए ।

“फैसला आइसकेपछि चुनावमा जाने भन्यो भने चुनावमा जानुपर्‍यो, विघटनको कुरा बदर गर्‍यो भने संसद् बैठक अधिवेशनहरू चल्छ, अगाडि बढ्छ,” उनले भने ।

अदालतले विघटनको मुद्दालाई सदर गरेका अवस्थामा चुनावमा जानुको विकल्प नहुने बताउँदै उनले त्यो अवस्थामा शङ्का उपशङ्का नगरी चुनाव हुन्छ, हुँदैन भन्ने नभई हुन्छ, समयमा नै गर्नुपर्छ भन्ने कुरा लिएर जानुपर्ने बताए ।

त्योबाट कोही पनि भागेर जाने वातावरण बन्न दिन नहुने उनको भनाइ थियो ।

सरकार अस्थिर रहँदा दीगो विकास हुन नसक्ने बताउँदै उनले नेपालमा २०१७, २०४८ का सरकार पनि स्थिर बन्न नसक्दा विकासमा पछि परेको उल्लेख गरे ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : ०३ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी