भगवान श्रीकृष्णलाई यसकारण देखिएन कहिल्यै बृद्ध ? « Khabarhub

भगवान श्रीकृष्णलाई यसकारण देखिएन कहिल्यै बृद्ध ?


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दुधर्म शास्त्र अनुसार विष्णु भगवानको अवतार मानिन्छ श्रीकृष्णलाई । भगवान श्रीकृष्णको कुनै पनि तस्वीर, मुर्तीमा उनी बुढा भएको देखिएको छैन ।

धर्मशास्त्रमा उल्लेख भए अनुसार श्रीकृष्ण कहिल्यै बुढा नै भएनन् । भगवान कृष्णको जीवन कैयौं रहस्यले भरिएको मानिन्छ ।

उनका जीवनका कयौं रहस्यमध्येको एक रहस्यबारे उल्लेख गरिएको छ । त्यो उनको उमेर । भगवान कृष्ण जब महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई गीताज्ञान दिइरहेका थिए तब उनको उमेर ९० वर्ष पुगेको थियो ।

महाभारतको युद्धका बेला भगवान कृष्ण हजुरबा बनिसकेका थिए । तर पनि युद्धका दौरान उनी जवान देखिन्थे ।

आद्य पुराण पुरुष नव यौवनः, ब्रह्म संहिताको श्लोकमा कृष्णको उमेरबारे वर्णन गरिएको छ । जसअनुसार कृष्णको छवि उनका भक्तजनहरुमा सधैं नौजवान कै रह्यो । र सधैं रहने छ ।

कृष्णलाई परम पुरुषोत्तम भगवान मानिन्छ । किनकी उनी सर्वाकर्षक हुन् । हाम्रो अनुभव अनुसार यो देख्छौं कि कुनै पनि व्यक्ति सम्पत्ति, शक्ति, यश, सौन्दर्य, ज्ञान तथा त्यागका कारण आकर्षक बन्छ ।

जोसुकैसँग यी ६ ऐश्वर्य एकसाथ असीम मात्रामा हुन्छ, यो सम्झनु पर्यो कि त्यो परम पुरुषोत्तम भगवान हो । विष्णु पुराणका श्लोकमा यी ६ ऐश्वर्यबारे महान वेदाचार्य पराशर मुनिले विस्तारमा वर्णन गरेका छन् ।

जसअनुसार हामी यो सम्झिन सक्छौं कि श्रीकृष्ण केवल एक असाधारण ऐतिहासिक व्यक्ति मात्रै हैन, अपितु साक्षात् परम पुरुषोत्तम भगवान हुन् ।एजेन्सी

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : ४६ बजे

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका