यी हुन् कालो अंगुर खाँदाका फाइदा « Khabarhub

यी हुन् कालो अंगुर खाँदाका फाइदा


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् ।

 

यस्तो छ कालो अंगुरको फाइदाः

हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाई पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुहोस् ।

माइग्रेन कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अंगुरको सेवन गर्नु भएमा पीडा हराउँदछ ।

रक्ताल्पता शरीरमा रगतको कमी हुँदा कमजोरी महशुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।

क्यान्सर अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।

अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ । रक्तस्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुहोस् । एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ६ : ०१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा