प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसको आज देशभर प्रदर्शन « Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसको आज देशभर प्रदर्शन


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज पनि देशभर प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा  विघटन गरिएको एक सातापछि पुस १३ बाट आन्दोलित कांग्रेसले आज जिल्ला कार्यसमितिहरुको आयोजनामा देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ ।

संसद विघटनलाई असंवैधानिक कदम भन्दै आएको कांग्रेसले सर्वोच्च अदालतको फैसला नआइन्जेल आन्दोलनलाई औपचारिकताको रूपमा मात्रै अघि बढाउँदै आएको छ ।

कांग्रेसभित्र चुनावमा जाने कि असंवैधानिक भनिएको प्रतिनिधिसभा विघटनका लागि संयुक्त आन्दोलनमा जाने भन्नेमा विवाद छ । सभापति देउवा पक्षधर अदालतले चुनावकै पक्षमा फैसला गरे निर्वाचनमै होमिनु पर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर ओलीको अवैधानिक  कदम जसरी पनि सच्चिनु पर्ने पक्षमा छन् ।

आगामी रणनीतिमा कांग्रेसभित्र मतक्यैता नभए पनि आजको  प्रदर्शनमा सहभागि हुन सभापति देउवाले सबै नेता कार्यकर्ताहरुलाई आह्वान गरिसकेका छन् ।

कुन नेताले कहाँ सम्बोधन गर्दै ?

पार्टी सभापति देउवा बुटवलमा हुने कार्यक्रमलाई सम्बोधन गर्न जाँदै छन् । वरिष्ठ नेता पौडेल धादिङ सदरमुकाम धादिङवेसी, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री डा. शशांक कोइरालाले दाङको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेता कृष्णप्रसाद सिटौलाले झापामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने छन् । प्रकाशमान सिंह पोखरा, डा. शेखर कोइराला धरान, अर्जुननरसिंह केसी काठमाडौं, डा. मिनेन्द्र रिजालले प्युठान, डा. रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदीप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोध सभालाई सम्बोधन कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।

तेस्रो चरणको आन्दोलनमा रहेको कांग्रेसले पुस १३, पुस २५, माघ ३ माघ ८ माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरिसकेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ९ : ०९ बजे

धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)

काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ

गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन

हुम्ला र कालीकोटबाट दुई सुत्केरीको हवाई उद्धार

हुम्ला– हुम्ला र कालीकोटबाट दुई जना सुत्केरीको हवाई उद्धार गरी

आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू) 

काठमाडौं – इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि