प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसको आज देशभर प्रदर्शन | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसको आज देशभर प्रदर्शन


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज पनि देशभर प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा  विघटन गरिएको एक सातापछि पुस १३ बाट आन्दोलित कांग्रेसले आज जिल्ला कार्यसमितिहरुको आयोजनामा देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ ।

संसद विघटनलाई असंवैधानिक कदम भन्दै आएको कांग्रेसले सर्वोच्च अदालतको फैसला नआइन्जेल आन्दोलनलाई औपचारिकताको रूपमा मात्रै अघि बढाउँदै आएको छ ।

कांग्रेसभित्र चुनावमा जाने कि असंवैधानिक भनिएको प्रतिनिधिसभा विघटनका लागि संयुक्त आन्दोलनमा जाने भन्नेमा विवाद छ । सभापति देउवा पक्षधर अदालतले चुनावकै पक्षमा फैसला गरे निर्वाचनमै होमिनु पर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर ओलीको अवैधानिक  कदम जसरी पनि सच्चिनु पर्ने पक्षमा छन् ।

आगामी रणनीतिमा कांग्रेसभित्र मतक्यैता नभए पनि आजको  प्रदर्शनमा सहभागि हुन सभापति देउवाले सबै नेता कार्यकर्ताहरुलाई आह्वान गरिसकेका छन् ।

कुन नेताले कहाँ सम्बोधन गर्दै ?

पार्टी सभापति देउवा बुटवलमा हुने कार्यक्रमलाई सम्बोधन गर्न जाँदै छन् । वरिष्ठ नेता पौडेल धादिङ सदरमुकाम धादिङवेसी, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री डा. शशांक कोइरालाले दाङको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेता कृष्णप्रसाद सिटौलाले झापामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने छन् । प्रकाशमान सिंह पोखरा, डा. शेखर कोइराला धरान, अर्जुननरसिंह केसी काठमाडौं, डा. मिनेन्द्र रिजालले प्युठान, डा. रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदीप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोध सभालाई सम्बोधन कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।

तेस्रो चरणको आन्दोलनमा रहेको कांग्रेसले पुस १३, पुस २५, माघ ३ माघ ८ माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरिसकेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ९ : ०९ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले