निनिज बुटिकमा विष्णुको कैची « Khabarhub

निनिज बुटिकमा विष्णुको कैची


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेसन डिजाइनर निशा श्रेष्ठले चाबहिलस्थित गणेशस्थानमा निनिज बुटिक सञ्चालनमा ल्याएकी छन् । बुटिकको हालै ‘नेपाल स्टार’ तथा अभिनेत्री विष्णु चेम्जोङले शुभारम्भ गरिन् ।

बुटिककी निशाले फेसन डिजाइन प्रति पहिलेदेखि नै रुची भए पनि दक्ष भएर बुटिक सञ्चालन गर्ने चाहनाका कारण केही ढिलाई भएको बताइन् ।

बागबजारस्थित आईआईएफटी स्कूल अफ फेसनमा फेसन डिजाइनिङमा डिप्लोमा कोर्ष गरेका निशा उक्त फेसन कलेजबाट डिजाइनर कोर्ष गरी बुटिक सञ्चालन गर्ने पछिल्लो डिजाइनर हुन् ।

फेसन डिजाइनर निशाले बुटिकको नाम नेवारी भाषामा राखेकी छन् । ‘नेवारी भाषामा निनिजको अर्थ फुपु हुन्छ’ उनले भनिन्, ‘नेवारी नाम भएपनि यो म, मेरो श्रीमान र छोरीको नामबाट मिलाएर निनिज राखेकी हुँ ।’ उनले समय सापेक्षित ग्राहकको मागअनुसार पहिरन तयार गर्ने बताइन् ।

अभिनेत्री विष्णुले आफू फेसन कन्सस नभएपनि राम्रो लगाउन भने मनपर्ने बताइन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ११ : ३५ बजे

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको

एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

लुम्बिनी – रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ