निनिज बुटिकमा विष्णुको कैची | Khabarhub Khabarhub

निनिज बुटिकमा विष्णुको कैची


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेसन डिजाइनर निशा श्रेष्ठले चाबहिलस्थित गणेशस्थानमा निनिज बुटिक सञ्चालनमा ल्याएकी छन् । बुटिकको हालै ‘नेपाल स्टार’ तथा अभिनेत्री विष्णु चेम्जोङले शुभारम्भ गरिन् ।

बुटिककी निशाले फेसन डिजाइन प्रति पहिलेदेखि नै रुची भए पनि दक्ष भएर बुटिक सञ्चालन गर्ने चाहनाका कारण केही ढिलाई भएको बताइन् ।

बागबजारस्थित आईआईएफटी स्कूल अफ फेसनमा फेसन डिजाइनिङमा डिप्लोमा कोर्ष गरेका निशा उक्त फेसन कलेजबाट डिजाइनर कोर्ष गरी बुटिक सञ्चालन गर्ने पछिल्लो डिजाइनर हुन् ।

फेसन डिजाइनर निशाले बुटिकको नाम नेवारी भाषामा राखेकी छन् । ‘नेवारी भाषामा निनिजको अर्थ फुपु हुन्छ’ उनले भनिन्, ‘नेवारी नाम भएपनि यो म, मेरो श्रीमान र छोरीको नामबाट मिलाएर निनिज राखेकी हुँ ।’ उनले समय सापेक्षित ग्राहकको मागअनुसार पहिरन तयार गर्ने बताइन् ।

अभिनेत्री विष्णुले आफू फेसन कन्सस नभएपनि राम्रो लगाउन भने मनपर्ने बताइन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ११ : ३५ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव