रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता « Khabarhub

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

थप सहयोग गर्न अमेरिका तयार


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन संवाद भएको छ।

टेलिफोन कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।

जवाफमा सभापति लामिछानेले नेपाल सरकारले हाल जारी खोज, उद्धार तथा राहत कार्यका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका छन् । नेपाली नागरिकका साथै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षाप्रति सरकार समान रूपमा प्रतिबद्ध रहेको आश्वस्त उनले पारेका थिए।

यस कठिन घडीमा अमेरिकी सरकारले दर्शाएको सहयोग र सहानुभूतिप्रति सभापति लामिछानेले आभार व्यक्त गरेका थिए। सो क्रममा विदेशमन्त्री रुबियोले अमेरिकी सरकार नेपाल सरकारलाई आवश्यक थप सहयोग उपलब्ध गराउन तयार रहेको स्पष्ट पारेका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ११ : ०४ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग