शाहरुख र आलियाको फरक सहकार्य « Khabarhub

शाहरुख र आलियाको फरक सहकार्य


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–सन् २०१६ मा रिलिज फिल्म ‘डियर जिन्दगी’मा अभिनेत्री आलिया भट्ट र अभिनेता शाहरुख खानको सहकार्यलाई दर्शकले राम्रै रुचाएका थिए । पाँच वर्षपछि उनीहरु पुनः एकसाथ फिल्ममा सहकार्य गर्दैछन् ।

यसपटकको सहकार्य कार्यगत हिसाबले आलिया र शाहरुखको फरक हुनेछ । शाहरुख खानको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘डार्लिङ’मा आलियाले प्रमुख भूमिका निभाउदैछन् ।

फिल्ममा शाहरुख अभिनेता नभई निर्माता मात्र हुनेछन् । फिल्मको चाँडै सुटिङ सुरु हुनेछ । केही समय अघि मात्र शाहरुखले आलियालाई स्क्रिप्ट सुनाउँदा उनी काम गर्न उत्साहित थिइन् ।

यो फिल्मबाट जसीमत के रेने निर्देशकका रुपमा ‘डेब्यू’ गर्दैछिन् । उनले कैयौं फिल्ममा सहायका निर्देशक र मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेकी छन् ।

जसमीतसँग ‘फोर्स २’, ‘फन्नी खान’ र ‘पति पत्नी और वो’ जस्ता फिल्म लेखनको अनुभव छ । फिल्म ‘डार्लिङ’मा आलियासँगै शेफाली शाह, विजय वर्मा र रोशन मेथ्यूको पनि अभिनय रहनेछ ।

फिल्मले जीवनमा पागलपनको अवस्थामा गुज्रिरहेका आमा र छोरीको कथा बोल्नेछ । ‘फिल्म मुम्बईको एक मध्यम वर्गीय परिवारको पृष्ठभूमिमा स्थापित छ र दुई महिलाको जीवनलाई दर्शाइनेछ । जहाँ उनीहरुले असाधारण परिस्थितिमा साहस र प्रेम पाउछन्’, निर्देशक जसमीतले भनेकी छन् ।
–एजेन्सी

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  २ : ३८ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’