शिक्षा क्षेत्रमा उल्लेख्य सुधार भएको छ: प्रधानमन्त्री ओली « Khabarhub

शिक्षा क्षेत्रमा उल्लेख्य सुधार भएको छ: प्रधानमन्त्री ओली


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्षे कार्यकालको समीक्षा गर्दै शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार भएको बताएका छन् ।

आज सरकार गठन भएको ३ बर्ष पूरा भएको अवसरमा बोल्दै ओलीले तीन वर्षमा विद्यालय तहको भर्ना दरमा उल्लेख्य सुधार आएको बताए ।

उनले भने, ‘शिक्षाको सन्दर्भमा मैले गत बर्ष संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)को विश्व प्रतिवेदन–‘अ वर्ल्ड रेडी टु लर्न’ लाई उल्लेख गरेको थिएँ ।’

प्रतिवेदनमा सन् २००० पछिका १७ बर्षहरुमा नेपालको विद्यालय भर्नादर १२ प्रतिशतबाट ८६ प्रतिशत पुगेको भनी प्रशंसा गरिएको छ ।

त्यस्तै तीन वर्षमा आधारभूत तहको खुद भर्ना दर बढेर ९२.३ प्रतिशतबाट ९३.४ प्रतिशत पुगेको र माध्यमिक तह (९देखि १२) को खुद भर्नादर ४३.९ बाट बढेर ४७.६ प्रतिशत पुगेको पनि उनले जनाए ।

६ वर्ष माथिको साक्षरता प्रतिशत ७८ बाट बढेर ८५ हुनु उपलब्धिमूलक भएको जनाउँदै उनले २ सय ९२ स्थानीय तहमा सीटीईभीटी अन्तर्गतका प्राविधिक शिक्षालय सञ्चालित भएको जानकारी दिए ।

साथै उनले उक्त शिक्षालयबाट ६५ हजार ४ सय ४० जनाले व्यवसायिक तालिम लिएको र प्राविधिक शिक्षालयको संख्या पनि बढेर ५ सय ७० बाट १ हजार ४२ पुगेको जानकारी दिए ।

त्यस्तै निर्माणधीन ७ हजार ५५३ मध्ये ६ हजार ८५ विद्यालय भवनको निर्माण सम्पन्न भएको उनले जानकारी दिए । उनले भने, ‘नेपालको सबैभन्दा पुरानो दरबार हाइस्कूलको पनि पुनर्निर्माण कार्य पनि यही अवधिमा सम्पन्न भएको छ ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ४ : १० बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा