समृद्ध कर्णाली निर्माणमा प्रयासरत छौँ : मुख्यमन्त्री शाही « Khabarhub

समृद्ध कर्णाली निर्माणमा प्रयासरत छौँ : मुख्यमन्त्री शाही


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई समृद्धिको बाटोमा रुपान्तरण गर्न लागिपरेको बताएका छन् ।

प्रदेश सरकारको तेश्रो बार्षीकोत्सवको अवसरमा बोल्दै शाहीले ‘सुखारी कर्णालीबासी, समृद्ध कर्णाली’ निर्माण गर्न लागिपरेको बताएका हुन् ।

‘अभावै–अभावका बिचमा गुर्जीएकाले अझै पनि थुप्रै अभावका चाङ् हामी कहाँ छ,’उनले भने,‘तर पनि हामी निरन्तर प्रदेशको विकास र परिर्वतनमा लागिरहेका छौँ।’

कर्णालीका नागरिकहरु अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । विकास निर्माण, सिँचाइ, खानेपानी अभाव थुप्रै छन् ,’मुख्यमन्त्री शाहीले भने । अभावहरुको परिपूर्ति कसरी गर्न सकिन्छ भन्ने पक्षमा हामी निरन्तर लागिरहेका छौँ ।’

कर्णालीमा अझै पनि ५१ प्रतिशत गरिबी रहेको बताउँदै शाहीले धनी प्रदेश निर्माण गर्न चाहेको बताए । तर, त्यति सजिलो पनि नभएको उनको तर्क छ । शाहीले प्रदेशमा उद्योगका सम्भावना के छन भन्ने विषयमा अध्ययनहरु भइरहेको पनि उल्लेख गरे ।

कर्णाली पर्यटनको सम्भावना धेरै भएको प्रदेश भएको भन्दै उनले स्थापनाकालदेखिनै प्रदेशमा भएका पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नै कार्यमा सरकारले आफ्नो तयारी गरिरहेको शाहीले बताए ।

साथै शाहीले कर्णालीको विकास हुन नसक्नु भौगोलिक विकटता र बजेटको कमी भएको बताए । निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १० : ०० बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका