अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले अहिले धारणा बनाउन मिल्दैन: देउवा « Khabarhub

अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले अहिले धारणा बनाउन मिल्दैन: देउवा


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताएका छन् ।

कांग्रेस रुपन्देहीले भैरहवामा आज आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले भने, “अदालतमा विचाराधीन मुद्दाको विषयमा हामी बोल्नु हुँदैन । अदालतले संसद् पुनःस्थापना गरे त्यहीअनुसार गरौँला, चुनाव गर भने चुनावमा जाऔँला ।’’

जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो भने किन चाहियो कानून भन्दै सभापति देउवाले कम्युनिष्टको झगडाले कांग्रेसमा समस्या शुरु भएको बताए । उनले भने “यिनको झगडाले हाम्रो पार्टीमा समेत समस्या आइरहेको छ ।”

उनले निर्वाचन आयोगको काम प्रभावकारी नभएको टिप्पणी गरे । उनले भने, “निर्वाचन आयोग किन चुपचाप छ । कुनै पनि संसद्को विघटन भएको छ महिनाभित्र चुनाव गराउनैपर्छ तर निर्वाचन आयोगलाई वास्ता छैन ।”

पूर्वमन्त्री भरतकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुसको लागि तयारी मान्छे तयार गरेर प्रर्दशन गराइरहेको आरोप लगाए । उनले भने, “बुटवल, दरबारमार्ग र धनगढीमा रेडिमेड मान्छे जम्मा गरियो ।” सभामा कांग्रेस नेता बालकृष्ण खाँणले यो संविधानबाट कसैले पनि लोकतन्त्र, प्रजातन्त्रलाई रोक्न सक्दैन भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ९ : ४५ बजे

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको