जोरपाटीमा पनि खुल्यो सिप्रदीको सर्टिफाइड ग्यारेज  « Khabarhub

जोरपाटीमा पनि खुल्यो सिप्रदीको सर्टिफाइड ग्यारेज 


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिप्रदी ट्रेडिङ्ग प्रालिले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।

यसैगरी चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कसपले टाटा योद्धा गाडीहरूको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ।

टाटा मोर्टसका ग्राहकहरूलाई सहजपुरमा गाडी मर्मत तथा सर्भिसिङ्ग सुविधा प्रदान गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ्ग प्रालिले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ।

माघ ३० गते सिप्रदीका चिफ मेनेजर जयन बाबु डंगोल तथा अरुण कुमार शाहले संयुक्तरुपमा वर्कसपको उद्घाटन गरेका थिए।

ग्राहकहरूले टाटाका एस, पिकअप तथा विङ्गर सेग्मेन्टका गाडीहरूको सर्भिसिङ्ग तथा मर्मतका सेवाहरू त्यस वर्कसपबाट प्राप्त गर्न सक्नेछन्। उक्त वर्कसपमा टाटा योद्धाका ग्राहकहरूलाई निःशुल्क १४ प्वाइन्ट चेक अप, ब्रेकडाउन एसिस्टेन्स आदि सेवा तथा सुविधाहरूको साथमा शनिवार पनि दिउसो १:०० बजे सम्म वर्कसप खुल्ला रहने छ।

त्यसै गरी काठमाडौँको चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कसपले पनि ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको सेवा सुविधाहरूमा विस्तार गरेको छ। टाटा योद्धाका ग्राहकहरूलाई उच्च गुणस्तरको सेवा प्रदान गर्ने उद्देश्यले टाटा योद्धा गाडीहरूको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ।

जस अन्तर्गत टाटा योद्धा गाडीहरूको निःशुल्क १४ प्वाइन्ट चेक अप, ४८ घण्टाभित्र टाटा योद्धा गाडी नबनेमा ग्राहकहरूलाई क्षतिपूर्तिको व्यवस्था, समायोजित तथा सस्तो मूल्यमा टाटा योद्धा गाडीहरूको स्पेयर पार्टस् उपलब्धताको साथमा शनिवार पनि वर्कसप खुल्ला रहने सेवा तथा सुविधाहरू रहेका छन्।

टाटा मोर्टस कमर्शियल गाडीको ग्राहक सेवा अन्तर्गतका कन्ट्री मेनेजर समान्य दास तथा टाटा मोर्टस कमर्शियल भेइकल सेल्स का तुसार गुप्ताले संयुक्तरुपमा उक्त सेवा तथा सुविधाहरूको शुभारम्भ गरेका थिए।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ४ : १८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा