जोरपाटीमा पनि खुल्यो सिप्रदीको सर्टिफाइड ग्यारेज  « Khabarhub

जोरपाटीमा पनि खुल्यो सिप्रदीको सर्टिफाइड ग्यारेज 


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिप्रदी ट्रेडिङ्ग प्रालिले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।

यसैगरी चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कसपले टाटा योद्धा गाडीहरूको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ।

टाटा मोर्टसका ग्राहकहरूलाई सहजपुरमा गाडी मर्मत तथा सर्भिसिङ्ग सुविधा प्रदान गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ्ग प्रालिले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ।

माघ ३० गते सिप्रदीका चिफ मेनेजर जयन बाबु डंगोल तथा अरुण कुमार शाहले संयुक्तरुपमा वर्कसपको उद्घाटन गरेका थिए।

ग्राहकहरूले टाटाका एस, पिकअप तथा विङ्गर सेग्मेन्टका गाडीहरूको सर्भिसिङ्ग तथा मर्मतका सेवाहरू त्यस वर्कसपबाट प्राप्त गर्न सक्नेछन्। उक्त वर्कसपमा टाटा योद्धाका ग्राहकहरूलाई निःशुल्क १४ प्वाइन्ट चेक अप, ब्रेकडाउन एसिस्टेन्स आदि सेवा तथा सुविधाहरूको साथमा शनिवार पनि दिउसो १:०० बजे सम्म वर्कसप खुल्ला रहने छ।

त्यसै गरी काठमाडौँको चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कसपले पनि ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको सेवा सुविधाहरूमा विस्तार गरेको छ। टाटा योद्धाका ग्राहकहरूलाई उच्च गुणस्तरको सेवा प्रदान गर्ने उद्देश्यले टाटा योद्धा गाडीहरूको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ।

जस अन्तर्गत टाटा योद्धा गाडीहरूको निःशुल्क १४ प्वाइन्ट चेक अप, ४८ घण्टाभित्र टाटा योद्धा गाडी नबनेमा ग्राहकहरूलाई क्षतिपूर्तिको व्यवस्था, समायोजित तथा सस्तो मूल्यमा टाटा योद्धा गाडीहरूको स्पेयर पार्टस् उपलब्धताको साथमा शनिवार पनि वर्कसप खुल्ला रहने सेवा तथा सुविधाहरू रहेका छन्।

टाटा मोर्टस कमर्शियल गाडीको ग्राहक सेवा अन्तर्गतका कन्ट्री मेनेजर समान्य दास तथा टाटा मोर्टस कमर्शियल भेइकल सेल्स का तुसार गुप्ताले संयुक्तरुपमा उक्त सेवा तथा सुविधाहरूको शुभारम्भ गरेका थिए।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ४ : १८ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको