बागमती प्रदेशसभाको बैठक फागुन ५ गते बस्ने « Khabarhub

बागमती प्रदेशसभाको बैठक फागुन ५ गते बस्ने


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेश सभाको बैठक फागुन ५ गते दिउँसो २ बजे बस्ने भएको छ ।

फागुन ५ गते बिहान प्रदेशसभा कार्यपरामर्श समितिको बैठक बसी सोही दिन दिउँसो सञ्चालन हुने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावना रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

उनका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा तयार गरिएको प्रदेश पर्यटन विधेयक–२०७७ आज सचिवालयमा दर्ता भएको छ ।

यसअघि प्रदेशसभाको बैठक माघ १९ गते सञ्चालन हुने भनिएको भए पनि सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदुर किसान पार्टीको दुई र एक स्वतन्त्र गरी ११० जना सदस्य छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १० : ४५ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न