ओली समूह आक्रामक, खनाल–नेपाल समूह सामानान्तर कमिटी बनाउँदै « Khabarhub

ओली समूह आक्रामक, खनाल–नेपाल समूह सामानान्तर कमिटी बनाउँदै



पोखरा– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई सर्वोच्च अदालतले वैधानिकता नदिएपछि दुवै पार्टीले भोलिपल्ट नै आ–आफ्ना पार्टी कार्यालयमा पुरानै पार्टीको नाममा बोर्ड झुण्ड्याउन हतारो गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड झुण्ड्याएलगत्तै देशैभरका कार्यालयमा एमालेको बोर्ड झुण्डियो । खासगरी केपी ओली पक्षधर नेता कार्यकर्ताहरुमा एमालेप्रतिको मोह बढी रहेको देखिन्थ्यो ।

अन्य जिल्लाहरुमा जस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा पनि नेकपाको पार्टी कार्यालय सबैमा पूर्ववत नेकपा एमालेको बोर्ड झुण्डियो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई गत फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । सर्वोच्चले दुई पार्टी एकतालाई वैधानिकता नदिएपछि चिन्ता र चासो हुनुपर्नेमा नेता कार्यकर्ताहरुमा झनै खुशीयाली छायो ।

सर्वोच्चको फैसलापछि ओलीसमूहले ठाउँ-ठाउँमा विजय उत्सव नै मनाएको थियो ।

अदालतले पूर्ववत पार्टीलाई मान्यता दिएपछि ओलीसमूह अत्याधिक हौसिरहँदा माधव नेपाल र झलनाथ खनाल समूहमा भने तीब्र असन्तुष्टी बढेको छ ।

पार्टीभित्रै छलफल र अन्तसंघर्षबाट अघि बढ्ने निष्कर्षमा पुगेका नेपाल–खनाल समूहका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले जिम्मेवारविहीन बनाइदिए पछि यो समूहले जिल्ला जिल्लामा समानान्तर समिति गठन गर्ने तयारी गरेको छ ।

निकै कमजोर रहेको गण्डकी प्रदेशका जिल्लाहरुमा पनि सामानान्तर कमिटी गठनको तयारी खनाल–नेपाल समूह लागेको छ । ओलीले आफूलाई बेवास्ता गर्दै अघि बढेपछि छुट्टै अस्तित्वको खोजीमा लाग्नुपरेको नवलपुरका नेपाल समूहका नेता रबीन्द्र अधिकारीले बताए ।

बुधबार राष्ट्रिय भेलाको आयोजना गरेको खनाल–नेपाल समूहले कास्की, बाग्लुङ, म्याग्दी, लमजुङ, गोरखा, नवलपुर लगायतका जिल्लामा सामानान्तर समिति गठन गर्ने तयारी गरेको छ ।

गण्डकीका अधिकांश जिल्लामा ओली समूहको बाहुल्यता रहे पनि बाग्लुङमा भने खनाल–नेपाल समूह बलियो छ ।

बागलुङका एमाले अध्यक्ष, सचिव र उपसचिवसहित बहुमत सदस्य नेपाल समूहमा छन् । राष्ट्रिय भेलाले सबै जिल्लामा समानान्तर समिति बनाउने वा पार्टी अलग्गै भएर जाने एउटा निर्णय गर्ने नेपाल समूहका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रले पनि आफ्नो संगठानिक संरचनाहरु बनाउँदै जान थालेपछि नेपाल पक्षले छुट्टै समूह बनाउन लागेको हो । आइतबार मात्रै म्याग्दीको बेनीमा नेकपा (माओवादी केन्द्र)ले पार्टी कार्यालय स्थापना गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ४ : ५३ बजे

निर्वाचन लक्षित : पेट्रोलियम पदार्थको खुला बिक्रीमा रोक

मान्म– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ : गगन थापा 

बुटवल– नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौं– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी

व्यासमा अपाङ्गता स्रोत कक्षा सञ्चालन

दमौली– तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गताको प्रकृतिअनुसार छ वटा स्रोत कक्षा

चौथो विराट म्युजिक एण्ड फिल्म अवार्डमा श्रेष्ठलाई सम्मान

काठमाडौं– चौथो विराट म्युजिक एण्ड फिल्म अवार्डमा नेपाल चेम्बर अफ