दुई वर्षमा चौथो निर्वाचन गर्दै इजरायल « Khabarhub

दुई वर्षमा चौथो निर्वाचन गर्दै इजरायल


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम(एएफपी)- इजरायलमा दुई वर्षभित्रमा यही मार्च २३ मा चौथो पटक निर्वाचन हुने भएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोभिड–१९ विरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले बताएका छन् ।

गत वर्ष भएको निर्वाचनमा नत नेतन्याहुको दक्षिणपन्थी समूहलाई न सैनिक भूमिकाबाट इजरायली राजनीतिमा आएका केन्द्रवादी बेन्नी गान्जलाई बहुमत मिलेको थियो । फलस्वरूप यहाँ गान्जको सहयोगमा नेतन्याहुको नेतृत्वमा सरकार बनेको थियो ।

बाध्यतावस गठन भएको नेतन्याहुको नेतृत्वलाई सरकार गठन भएकै महिनादेखि गान्जले अविश्वास प्रकट गर्न थालेपछि इजरायली राजनीतिले विश्वभर चर्चा पाएको थियो ।

गठबन्धनको केही महिनामै सरकारले नयाँ निर्वाचन गरी ताजा जनादेश लिने प्रयासहरू थालेको थियो ।

कोभिड–१९ खोपलाई अहिलेसम्म ४० प्रतिशतभन्दा बढी नागरिकलाई दिन सफल इजरायलली प्रधानमन्त्री नेतन्याहुले कोभिड–१९ विरूद्धको अभियानलाई सफल पार्नु आफ्नो नेतृत्वको सरकारको प्रमुख सफलताका रूपमा उल्लेख गरेका छन् ।

एकहत्तर बर्षीय नेतन्याहुले इजरायलमा सबैभन्दा लामो समयसम्म सरकारको नेतृत्व गर्ने इतिहास कायम गरिसकेका छन् ।

यसैगरी, नेतन्याहुका प्रमुख प्रतिद्वन्द्वी गान्जले नेतन्याहुमाथि लगाइएका भ्रष्टाचार मुद्दालाई नै आफ्नो निर्वाचनको प्रमुख विषय बनाउने देखिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ५२ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन