काठमाडौँ- भारतमा १ करोड १३ लाख ८५ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ५१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १३ लाख ८५ हजार १५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १२० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार ७८२ पुगेको हो ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख ५ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख २० हजार ९५१ छ ।
प्रतिक्रिया