म्यान्मारमा सैन्य शासनविरुद्धको आन्दोलन जारी राख्छौँ- मान विन खाइन थान « Khabarhub

म्यान्मारमा सैन्य शासनविरुद्धको आन्दोलन जारी राख्छौँ- मान विन खाइन थान


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यापित (एएफपी)-  सेनाले देशको शासनसत्ता हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै म्यान्मारका नेता मान विन खाइन थानले ‘आन्दोलन’ लाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘अहिलेको अवस्था देशका लागि सबैभन्दा अँध्यारो क्षण हो । साथै छिट्टै बिहानी आउन लागेको अवस्था पनि हो, उनले भने .

सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले ‘सीआरपीएच’ नामक एउटा समिति गठन गरेका थिए ।

मान विन खाइन थान त्यसका प्रमुख छन् र सीआरपीएचले म्यान्मारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्न खोजिरहेको छ ।

भूमिगत रहेर नै उनले सैन्य ‘कु’ स्वीकार गर्न नमान्ने सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहेका छन् ।

सैन्य शासनविरूद्ध भएको आन्दोलनका क्रममा आइतबार म्यान्मारमा ३८ प्रदर्शनकारीहरूको मृत्यु भएको छ ।

सेनाले सत्ता हातमा लिएर नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) की नेत्री आङ सान सूकीलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा आन्दोलन भइरहेको छ ।

गत वर्षको निर्वाचनमा एनएलडी बहुमतसहित विजयी भएको थियो । तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै बहुमत प्राप्त समूहलाई नेतृत्व नदिई सैनिक सक्रियतामा सरकार गठन गरेको छ ।

यद्यपि सेनाले एक वर्षभित्र निर्वाचन गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफु तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको सेनाको दाबीसँग असहमत रहँदै आएका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ४० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर