दीपेन्द्रको ‘सावधान’मा बालयौन दुराचार कथा « Khabarhub

दीपेन्द्रको ‘सावधान’मा बालयौन दुराचार कथा


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपेन्द्र लामा निर्देशित सर्ट फिल्म ‘सावधान’ रिलिज भएको छ । वर्षा राउत र प्रविण खतिवडा अभिनित फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको हो । बालयौन दुराचारको विषयलाई उठान गरिएको फिल्ममा दीपेन्द्रकै लेखन छ ।

सानी बालिकामाथि आफ्नै नजिकको आफन्तबाट यौन दुव्र्यवहार हुने तर उसको कुरालाई आमाबुवाले राम्रोसँग नसुन्ने प्रसंग फिल्ममा हेर्न पाइन्छ । वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् भने छोरीको भूमिकामा काव्या अधिकारी देखिन्छिन् । बुवाको भूमिकामा प्रवीण खतिवडा छन् । आर्जेश रेग्मी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामीले पनि फिल्ममा अभिनय गरेका छन् ।

अभिभावकहरुलाई सचेत गराउने उद्देश्यले फिल्म निर्माण गरिएको निर्देशक लामाले बताए । ‘हामी आफ्ना छोराछोरीलाई मिठो खाना, राम्रो लुगा र महँगो शिक्षा त दिन्छौं तर उनीहरुमाथि भइरहेको दुव्र्यवहारप्रति भने बेखबर हुनसक्छौं,’ लामाले भने, ‘बेलैमा अभिभावक सचेत भएनन् र छोराछोरीको कुरामा सुनाइ भएन भने ठूलौ दुर्घटना निम्तिन सक्छ ।’

करिब १० मिनेट अवधिको फिल्ममा जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्त लगानी गरेका हुन् । ‘घरभित्र हुने यौनदुव्र्यवहारबारे हामी खुलेर कुरा गर्दैनौं, यसले गर्दा पीडकहरु झन् उत्साही हुनसक्छ, त्यसैले यस्तो विषयमा सबैले खुलेरै चर्चा गरुन् भन्ने हाम्रो उद्देश्य हो,’ एक निर्माता फुर्वाले बताइन् ।

शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म काठमाडौंको कपन क्षेत्रमा एकै दिनमा खिचिएको थियो । दर्शकहरुले फिल्ममा समेटिएको सन्देशको प्रशंसा गरिरहेका छन् ।

बिन्ती नेपाल नामक अनौपचारिक अभियान यही फिल्मबाट सुरु भएको निर्मात्री फुर्वाले अवगत गराइन् । जनचेतनामूलक सिर्जनाहरु प्रस्तुत गर्दै जाने योजना यो अभियानको रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १ : १० बजे

सभामुख अर्यालले गरे दलका नेतासँग छुट्टाछुट्टै छलफल

काठमाडौं– सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका