किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन युरोपेली सङ्घ (इयू)बाट दुई दशमलव नौ अर्ब युरो आर्थिक सहयोग प्राप्त गरेको छ ।
युक्रेनको अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्राप्त रकम समष्टिगत आर्थिक स्थायित्व कायम राख्न, प्राथमिकताप्राप्त बजेट खर्च व्यवस्थापन गर्न, पुनर्लाभ तथा आधुनिकीकरणका कार्यक्रम सञ्चालन गर्न प्रयोग गरिनेछ ।
त्यस्तै, युरोपेली सङ्घको सदस्यतातर्फ अघि बढ्ने क्रममा आवश्यक सुधार कार्यक्रम कार्यान्वयनमा पनि उक्त रकम खर्च गरिने मन्त्रालयले जनाएको छ ।
कुल सहयोगमध्ये युक्रेनले ‘युक्रेन सहयोग ऋण’ (युएसएल) अन्तर्गत पहिलो किस्तास्वरूप ८० करोड युरो प्राप्त गरेको छ । यो रकम करिब ८९ करोड ८० लाख अमेरिकी डलर बराबर हो ।
युएसएल युरोपेली सङ्घले स्थापना गरेको ९० अर्ब युरो बराबरको वित्तीय संयन्त्र हो । सन् २०२६ देखि २०२७ सम्मको अवधिमा युक्रेनको बजेट तथा रक्षासम्बन्धी आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले यो संयन्त्र स्थापना गरिएको हो ।














प्रतिक्रिया