युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग « Khabarhub

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन युरोपेली सङ्घ (इयू)बाट दुई दशमलव नौ अर्ब युरो आर्थिक सहयोग प्राप्त गरेको छ ।

युक्रेनको अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्राप्त रकम समष्टिगत आर्थिक स्थायित्व कायम राख्न, प्राथमिकताप्राप्त बजेट खर्च व्यवस्थापन गर्न, पुनर्लाभ तथा आधुनिकीकरणका कार्यक्रम सञ्चालन गर्न प्रयोग गरिनेछ ।

त्यस्तै, युरोपेली सङ्घको सदस्यतातर्फ अघि बढ्ने क्रममा आवश्यक सुधार कार्यक्रम कार्यान्वयनमा पनि उक्त रकम खर्च गरिने मन्त्रालयले जनाएको छ ।

कुल सहयोगमध्ये युक्रेनले ‘युक्रेन सहयोग ऋण’ (युएसएल) अन्तर्गत पहिलो किस्तास्वरूप ८० करोड युरो प्राप्त गरेको छ । यो रकम करिब ८९ करोड ८० लाख अमेरिकी डलर बराबर हो ।

युएसएल युरोपेली सङ्घले स्थापना गरेको ९० अर्ब युरो बराबरको वित्तीय संयन्त्र हो । सन् २०२६ देखि २०२७ सम्मको अवधिमा युक्रेनको बजेट तथा रक्षासम्बन्धी आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले यो संयन्त्र स्थापना गरिएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ४ : ४५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल