यस्तो छ प्रहरीले दाबी गरेको युरेनियमको वास्तविकता « Khabarhub

यस्तो छ प्रहरीले दाबी गरेको युरेनियमको वास्तविकता


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक गरेको साढे २ किलो धातु युरेनियम– २३८ अर्थात युरेनियमको कच्चा पदार्थ नै भएको देखिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का अनुसार उक्त धातु युरेनियम– २३८ भएको पुष्टि भएको हो ।

नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुङ्गेलले खबरहबसँग भने, ‘परीक्षणका लागि भन्दै प्रहरीले हामीलाई धुलो पठाएको थियो । त्यो धुलोबाट उत्सर्जित विकिरणलाई अध्ययन गर्दा युरेनियम – २३८ (कच्च पदार्थ) भएको खुल्यो ।’

डा. ढुंगेलका अनुसार युरेनियम– २३८ लाई नै प्रशोधन गरेर पूर्णरूपमा युरेनियम– २३५ बनाइन्छ ।

तर नास्टले अहिले यसलाई विकिरण पद्धतिबाट मात्रै परीक्षण गरेकाले त्यो धुलोमा युरेनियमको मात्रा कति छ भन्ने बारेमा भने खुलेको छैन ।

डा. ढुंगेलले भने, ‘अहिले विकिरण पद्धतिबाट मात्र परिक्षण भएको छ त्यसबाट युरेनियम देखिए पनि कति मात्रामा छ भन्नलाई केमिकल माध्यमबाट पनि परीक्षण गर्नुपर्छ । त्यसपछि मात्र खुल्छ ।’

प्रवक्ता ढुंगेलका अनुसार प्रहरीलाई उनीहरुले पठाएको स्याम्पलमा परीक्षण गरी युरेनियम–२३८ रहेको भनी नास्टले पत्र समेत पठाइसकेको छ । यता प्रहरीले भने उक्त धातुको बारेमा थप परीक्षण भइरहेको बताएको छ ।

प्रहरीले गत शुक्रबार उक्त धातुसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशीका ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, रामेछापकै बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।

यो पनि पढौँ

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : ४३ बजे

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी