विशाल राई धनगढी एफसीको मार्की खेलाडी « Khabarhub

विशाल राई धनगढी एफसीको मार्की खेलाडी


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल लिग क्लब धनगढी एफसीले राष्ट्रिय फुटबल टिमका सदस्य विशाल राईलाई मार्की खेलाडीको रुपमा भित्र्याएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी धनगढी एफसीले विशाल राईलाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो ।

धनगढीका टिम मालिक सुवासबहादुर शाही र विशालले सम्झौता पत्रमा हस्ताक्षर गरे । धनगढीका मार्की खेलाडी नियुक्त भएपछि बोल्दै विशालले टिमको लक्ष्य उपाधि उचाल्नु रहेको बताए ।

‘टिमको मार्की खेलाडी हुन पाउँदा खुसी छु । हामी जित्नका लागि खेल्ने छौँ,’ विशालले भने ।

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) मा राष्ट्रिय टिमले स्वर्ण पदक जित्दा राई टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका थिए । यसबाहेक राईले राष्ट्रिय टोलीका लागि बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कपको उपाधिसमेत उचालेका छन् ।

राष्ट्रिय टिमका नियमित सदस्य विशाल मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग जितिसकेका छन् ।

पछिल्लो सिजन मछिन्द्रले लिगको उपाधि जित्दा विशाल टिमका मुख्य खेलाडी रहेका थिए ।

धनगढी र विशालबीचको सम्झौता एक वर्षको रहने र सम्झौता रकम भने गोप्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : ५२ बजे

प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को

एकताबद्ध भएर निर्वाचनमा जान कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको अपिल

काठमाडौं– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व तहलाई विशेष महाधिवेशनमार्फत एकताबद्ध

चौरासी जनाले आँखाको ज्योति पुनः प्राप्त गरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाबिन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको

मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी

काठमाडौं– रूसले  ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै