यस्तो छ बाथरोगको घरेलु उपचारविधि « Khabarhub

यस्तो छ बाथरोगको घरेलु उपचारविधि


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आयुर्वेदको मान्यताअनुसार हावाबाट करिब ८० प्रकारका रोगहरुको जन्म हुन्छ ।

दुषित वायु (हावा) को कारणले विभिन्न रोगहरुको जन्म हुने गर्दछ ।

दुषित हावाबाट हुने प्रमुख रोगहरु जोर्नी सम्बन्धी समस्या, कम्मर दुख्नु, शरीर गह्रुङ्गो भएको अनुभूति हुनु तथा शरीरमा शिथिलता एवम् शून्यता उत्पन्न हुनु आदि गर्दछन् ।

यो रोगको निराकरणको लाग उल्लेखित उपायहरुको प्रयोग गर्नुपर्दछ । सामान्य सावधानी अपनायौँ भने हामी वायुजन्य रोगहरुबाट बच्न सक्छौँ ।

आयुर्वेदको मान्यता अनुसार जोर्नी दुख्नु एक अत्यन्त कष्टपूर्ण रोग हो । जुन रोगमा रोगीको जोर्नी दुख्ने पीडा पर्चुर मात्रामा हुन्छ । गलत खानपान तथा अधिक परिश्रमको कारणले यस्तो रोगहरु उत्पन्न हुने गर्दछ ।

समाधानका उपायहरुः

— अश्वगन्धा र अमला बराबर मात्रामा मिलाई धुलो बनाउनुहोस् राति सुत्ने समयमा उक्त धुलोलाई दूध अथवा पानीमा मिलाई सेवन गर्नुहोस् । जसले जोर्नी दुख्ने समस्या न्यूनीकरण हुन्छ ।

—कालो मरिचलाई पानको रससँग घुलेर सानो सानो गोली आकारको बनाउनुहोस् र बिहान साँझ अदुवाको रससँग मिलाई सेवन गर्नाले जोर्नी दुख्ने समस्या चाँडै ठिक हुने गर्दछ ।

—सौँठ अथवा गिलोय दुवै बराबर मात्रामा लिई धुलो बनाएर ३–३ ग्रामको दरले तातो पानीसँग पिउने गर्नाले १ महिना  भित्रमा जोर्नी दुख्नु स्वतः ठिक हुनेछ ।

—शुद्ध गन्धक, अमलाको रस १० ग्राम, पहेँलो हर्रोको बोक्रा १० ग्राम, बर्रोको बोक्रा १० ग्राम र अरण्डीको तेल १० ग्रामलाई मिलाई प्रत्येक दिन १० ग्रामका दरले ३ महिनासम्म नियमित सेवन गर्नाले बाथरोग निको हुन्छ ।

—अदुवाको ताजा पातको रस १०/१० ग्रामका दरले मनतातो पानीसँग पिउनाले लाभ मिल्दछ ।

—लसुनको रसमा तेलजन्य पदार्थ (तोरी, रायो, सरस्यूँ) आदि मिलाएर जोर्नीमा मालिस गर्नाले अत्यान्त लाभ मिल्दछ ।

—पिपलको बोक्रालाई पिसेर आधा कप पानीमा २ चम्चा धुलो मिलाई खानाले जोर्नी दुख्न कम हुन्छ ।

—प्याजको रस र रायोको तेललाई बराबरर मात्रामा मिलाई बिहान बेलुका दुखेको ठाउँमा मालिस गर्नाले तुरुन्त आराम मिल्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ५ : १४ बजे

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका

रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी