म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा « Khabarhub

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्सन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई समग्रमा ४–२ ले पराजित गर्दै सिटी अन्तिम चारमा पुगेको हो ।

क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटी २–१ ले विजयी भयो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा उसले डर्टमुण्डलाई २–१ ले नै पराजित गरेको थियो ।

बुधबार रातिको खेलमा १५औँ मिनेटमा बेलिन्घमको गोलबाट डर्टमुण्डले अग्रता लियो ।

तर, ५५औँ मिनेटमा पाएको पेनाल्टीमा रियाद महरेजले सिटीका लागि बराबरी गोल गरे ।

७५औँ मिनेटमा जेम्स फोडिनले गोल गरेपछि सिटी २–१ ले विजयी भयो ।

अब सिटीले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ७ : ३५ बजे

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोालउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट