बेलायतमा सञ्चालन भइरहेको भ्याक्सिन कार्यक्रमले लकडाउनबाट छुटकार पाउने बाटो प्रदान गरिरहेको छ । केही अप्ठ्यारो अवस्थाका बाबजुतद आन्तरिकरूपमा भ्याक्सिन पासपोर्टले धेरैको ध्यान आकर्षण गरेको छ ।
यस विषयमा महत्त्वपूर्ण जानकारी बाहिर आउन बाँकी नै रहे पनि आलोचना भने शुरु भइसकेको छ । आलोचकहरूले यसलाई ‘विभाजनकारी र विभेदकारी’ भन्दै आलोचना गरेका छन् । कोभिड भ्याक्सिन पासपोर्टले ‘बेलायताको मूल प्रवृत्ति’ विरुद्ध प्रहार गर्ने आलोचकहरू बताउँछन् ।
भ्याक्सिन पासपोर्टले अनिवार्य परिचयपत्रको सम्झाना दिलाउँछ । यस्तो परिचयपत्र विना पनि बेलायतमा स्वतन्त्र रूपमा हिड्ढुल गर्न पाउने व्यवस्था छ जसलाई बेलायतको उदारवादी नीतिको परिचायक मानिन्छ । स्वतन्त्रता चाहनु विश्वव्यापी मूल्यमान्यता हो । स्वतन्त्रताका अन्य बेमेल मान्यता पनि छन् ।
बेलायतका दार्शनिक यशायाह बर्लिनले दुई सयभन्दा बढी शब्दबाट दुई शब्द छुट्याएर ती शब्दलाई इतिहासमा दर्ज गरेका थिए । ‘नकारात्मक स्वतन्त्रता’ अथवा हस्तक्षेपबाट स्वतन्त्रता र ‘सकारात्मक स्वतन्त्रता’ आत्मनिर्णय अथवा आत्मनिष्ठाका रूपमा बुझिने स्वतन्त्रता ।
पहिलोले तपाईंको छनोटलाई अन्य कसैले बाधा नपुर्याउने अर्थ दिन्छ भने दोस्रोले तपाईंलाई विकल्पको वातावरण बनाउने काम गर्छ र तपाईंले स्वतन्त्रता पूर्वक छनोट गर्न पाउने अधिकार प्रत्याभूत गर्छ ।
यी एकै सिक्काका दुई पाटाजस्ता देखिए पनि बर्लिनलाई सकारात्मक स्वतन्त्रता सम्बन्धी धारणामा सन्देह थियो, विशेष गरी सामाजिक र राजनीतिक उद्देश्यका कारणले गर्दा । ऐतिहासिकरूपमा यसले दमनकारी संस्था र शासकलाई बढवा दिएको बर्लिन तर्क गर्छन् ।
शासकहरूले नकारात्मक स्वतन्त्रताको दमनलाई मात्रै होइन बरु मनोमानी हिसाबमा गरिएको उत्पीडन, हत्या र यातनालाई समेत सही सावित गर्ने प्रयास गरे । साँचोरूपमा व्यक्तिगत र सामूहिक स्वतन्त्रताका लागि स्वतन्त्रता सम्बन्धी बुझाई नै कम हुनुपर्ने जरुरी थियो ।
सकारात्मक स्वतन्त्रताको विकृत विचारको खतराको बारेमा बर्लिनको बुझाइ सही थियो । केही उदारवादीहरू हठात् निकर्षमा पुगेको जस्तै यसैका आधारमा निचोडमा पुग्नु गल्ती हुन्छ । हामीले सकारात्मक स्वतन्त्रताको अनुपस्थितिमा पनि राजनीतिक स्वतन्त्रताका विषयमा सोच्नुपर्छ ।
नकारात्मक स्वतन्त्रताको मूल्य, केही हदसम्म हस्तक्षेपबाट प्राप्त हुने स्वतन्त्रता जस्ता कुराले मलाई योजना, सम्बन्ध र मेरो जीवनलाई आकार दिने सहयोग पुर्याउँछ । तर, यदि मसँग गुणस्तरीय शिक्षा, स्वास्थ्य र यस्तै अन्य कुरामा पहुँच पुग्दैन भने मलाई यसको विकल्पमा अन्य चिज खोज्नुको कुनै उपादेयता हुँदैन । त्यस बेला नकारात्मक स्वतन्त्रता मात्रैले मलाई केही फाइदा हुँदैन ।
नकारात्मक स्वतन्त्रता भनेको हस्तक्षेपबाट एक प्रकारको मुक्ति हो । तर, यो छ भन्दैमा तपाईसँग सबै प्रकारको स्वतन्त्रता छ भन्ने हुँदैन, यद्यपि यो अभेद्य भने हुन्छ ।
कसैसँग क्षमता नै छैन भने ऊ राम्रो गायक बन्नै नसकेको जस्तै हो यो । तर यदि कसैले तपाईंलाई केही काम गर्न अथवा नगर्न दबाब दिन्छ भने त्यहाँ तपाईंको नकारात्मक स्वतन्त्रताको हनन हुन्छ । यही कुरा धेरै जसो अवसरमा सरकारले गर्छ । महामारीको परिपेक्षमा पनि सरकारले त्यही गरिरहेको छ ।
आपतकालीन अवस्थाको नाममा सरकारले लकडाउन र निषेधाज्ञा लगाउने काम ग¥यो । यसले गर्दा मानिसको स्वतन्त्रतापूर्वक हिँड्न पाउने र काम गर्न पाउने अधिकार हनन् भयो ।
यसले घरपरिवारदेखि साथीसङ्गीसँगको भेटघाट, काम गर्ने र धार्मिक गतिविधिमा सहभागी हुन पाउने स्वतन्त्रतामा खलल पुग्यो । त्यसले गर्दा व्यापार, व्यवसायदेखि मनोरञ्जन र खेलकुद गतिविधिलाई समेत असर पुग्यो ।
सरकारले मुख छोप्नुलाई अनिवार्य गरेको छ । लकडाउनका कारण एउटा सामान्य जीवन व्यतित गर्न आवश्यक सबै कुरा खोसिएको छ । हामी सुरक्षित हुने नाममा होस् अथवा निषेधाज्ञा लाग्ने डरका कारण, यी सबै काम गर्न विश्वस भएका छौँ । केही मानिसले नकारात्मक स्वतन्त्रता सम्बन्धी अधिकारलाई खुम्च्याएको विषयलाई सही पनि भनेका छन् ।
करीब १६० वर्षअघि जोन स्टुअर्ट मिलले एक सभ्य समुदायमा सरकारी जबरजस्तीको एकमात्र औचित्य भनेको अरूलाई असर पुग्नबाट रोक्नु हो भनेर तर्क गरेका थिए ।
मिलले गरेको व्याख्याभन्दा फरक बेलायत र अन्य देशमा कोभिडअघि कारको सिटबेल्ट बाँध्ने अथवा राज्यलाई कर तिर्ने विषय जबजस्ती स्वीकार गरिएको थियो । अथवा भनौँ, उनको नोक्सान सिद्धान्तभन्दा यसको व्याख्या व्यापक ठूलो थियो ।
विस्तारमा भन्नुपर्दा आफैँलाई नोक्सान पुर्याउनु भनेको अप्रत्यक्षरूपमा अरूलाई पनि नोक्सान पु¥याउनु हो । यस्तो नोक्सानी प्रत्यक्ष–अप्रत्यक्ष दुवै तरिकाबाट हुन सक्छ ।
हस्तक्षेपबाट स्वतन्त्रता प्रायः समानता, समृद्धि, निष्पक्षता र सुरक्षाजस्ता मूल्यमान्यताका लागि बलिदान पनि दिइन्छ । यसले गर्दा सकारात्मक स्वतन्त्रतालाई बढावा दिन पनि सक्छ ।
बलपूर्वक गरिएको लकडाउन र कोभिडबाट बाँच्न अपनाइएका अन्य उपाय मिलका तर्कअनुसार पनि हेर्न सकिन्छ । त्यो हो अरुलाई हुन सक्ने नोक्सानको रोकथाम ।
केही देशमा सरकारले संक्रमणलाई अनियन्त्रित शक्ति केन्द्रित गर्ने अवसरका रूपमा पनि लिए । बेलायतले भाइरस संक्रमण दर घटाउने उपायका रूपमा लियो । जसले गर्दा मृत्यु र तीव्ररूपमा फैलिएको संक्रमण रोक्न सहयोग पुग्यो ।
केही देशमा सरकारले संक्रमणलाई अनियन्त्रित शक्ति केन्द्रित गर्ने अवसरका रूपमा पनि लिए । बेलायतमा भने भाइरस संक्रमण दर घटाउने उपायका रूपमा यसलाई लिएको थियो । जसले गर्दा मृत्यु र तीव्ररूपमा फैलिएको संक्रमण रोक्न सहयोग पुग्यो भने स्वास्थ्य सेवा धराशयी हुनबाट जोगियो ।
केहीले वास्तविक र सम्भावित मृत्य हुन सक्ने जनसांख्यिकीय अनुपात हेरेर लकडाउन गरिएको छ भनेर प्रश्न गरेका छन् । लामो समयको लकडाउनका कारण अर्थतन्त्रमा पार्ने प्रभाव, युवाहरूमा त्यसको असर र शारीरिक र मानसिकरूपमा लकडाउनले मानिसालाई पार्न सक्ने प्रभावका विषयमा पनि प्रश्न उब्जिएको । महामारीका कारण स्वास्थ्य क्षेत्रमा पर्ने असर त छदैँ छ । मनन गर्नुपर्ने यी महत्त्वपूर्ण कुरा हुन् ।
निश्चिय पनि केही गल्ती भएको छ । यो विवरणमा असङ्गतता र अतिशोयुक्ति, अल्पज्ञान र अनिश्चिताका कारण भएको हो । यो जटिल सूचनाका विषयमा विस्तृत जानकारी आउन समय लाग्छ । कोभिडको आन्तरिक पासपोर्टले संक्रमण फैलिनबाट कसरी रोक्छ भन्ने कुरा अहिले नै स्पष्ट भइसकेको छैन ।
यस्तो हुन सक्यो भने अनौचित्य र गोपनीयताको अतिक्रमण कम गर्ने विषयमा सोच्न आवश्यक हुन्छ । के यी विषय आफैँमा स्वतन्त्रताका लागि चुनौती हुन् ? यो देख्न मुश्किल छ । तर, दुई सय अवधारणामा मध्येमा कुन चाहिँ दिमागमा छ भन्ने विषयले फरक पार्छ ।
(मारिया अल्वारेज लण्डनस्थित किङ्स कलेजकी प्राध्यापक हुन् । १० अप्रिल २०२१ मा द गार्जियनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया