अमेरिकामा अश्वेत व्यक्तिलाई गोली हान्ने प्रहरी गिरफ्तार « Khabarhub

अमेरिकामा अश्वेत व्यक्तिलाई गोली हान्ने प्रहरी गिरफ्तार


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको मिनसोटामा एकजना मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतलाई गिरफ्तार गरिएको छ ।

गिरफ्तार गरिएको प्रहरी अधिकारी किम पोटरलाई अब गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएको बीबीसीले जनाएको छ ।

२० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको पोटरले बताएकी छन्। उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्।

त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या “सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग” भएको आरोप लगाएका छन् ।

गत आइतबार मिनसोटाको ब्रुकलिन सेन्टरमा राइटलाई ट्राफिक नियम उल्लंघनको आरोपमा प्रहरीले कारबाट बाहिर निकालेर हतकडी लगाउन खोज्दा बढेको विवादमा गोली चलाउँदा ती युवकको मृत्यु भएको थियो ।

राइटको हत्यापछि उक्त क्षेत्रका दुई वटा शहर मिनियापलिस र सेन्ट पलमाका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका थिए भने रात्रिकालीन कर्फ्यु लगाएका थिए।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ८ : ३५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका