पेरिस सम्झौताप्रति भारतको प्रतिबद्धता « Khabarhub

पेरिस सम्झौताप्रति भारतको प्रतिबद्धता


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नो जलवायु सम्बन्धी सन् २०१५ मा भएको पेरिस सम्झौताप्रति भारतले प्रतिवद्धताहरु पूरा गर्ने बताएका छन्।

अमेरिकी जलवायु सम्बन्धी विदेश दूत जोन केरीसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले सम्झौताको भावना अनुसार भारतले जलवायु मैत्री आर्थिक विकास र उद्योगहरुको आधुनिककरणमा काम गरिरहेको बताएका हुन।

प्रधानमन्त्री मोदीले भारत र अमेरिकाबीचको सहकार्य र सहयोगले विशेष गरी वित्तिय नवीनता र हरित प्रविधिको प्रयोग हुन सके अन्य देशमा समेत सकारात्मक प्रभाव पार्ने बताए।

अमेरिकी विशेष दूत केरीले दुई देशले विश्वकै साझा समस्या रहेको जलवायु सम्बन्धी क्षेत्रमा काम गर्दा प्रगति हाँसिल गर्न सक्ने बताए। केरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिल २२–२३ मा जलवायु सम्बन्धी भर्चुअल कन्फ्रेन्सको आयोजना गर्नुअघि भारत, संयुक्त अरब इमिरेटेस, र बंगलादेशको भ्रमण गर्दैछन्। स्रोतः डेली मेल

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १२ : २५ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै