दुर्घटनामा मृत्यु भएकाको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द « Khabarhub

दुर्घटनामा मृत्यु भएकाको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– प्युठानमा भएको जीप दुर्घटनामा ज्यान गुमाएकाको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द गरिएको छ ।

दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, खरिदार ईश्वरी भण्डारी, यम लालपन्थी र चालक केशव कार्कीको जीप दुर्घटनामा ज्यान गएपछि प्रशासनले शोकमा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले आज कार्यालयको सबै कामकाज पूर्णरुपमा बन्द रहने र भोलिदेखि सोमबारसम्म शान्ति सुरक्षा र मुद्दा सम्बन्धीका कामकाजबाहेक अन्य सेवा बन्द हुने बताए ।

हिजो गुल्मीको सदरमुकाम तम्घासबाट स्वर्गद्वारी दर्शनका लागि छुटेको लु १ ज १६५५ नम्बरको जीप प्युठान नगरपालिका-३ रुमाले नजिकै दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । घाइते भएका ७ जनाको काठमाडौँमा उपचार भइरहेको छ भने एक जनाको प्युठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

अन्य चार जना भने सामान्य उपचारपछि घर फर्किएका प्रकाशकीय अधिकृत पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १ : ०० बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

आईपीएल : कूपर कोनोलीको विष्फोटक ब्याटिङमा पञ्जाबको सहज जित

काठमाडौँ – अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर