दुर्घटनामा मृत्यु भएकाको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द « Khabarhub

दुर्घटनामा मृत्यु भएकाको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– प्युठानमा भएको जीप दुर्घटनामा ज्यान गुमाएकाको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द गरिएको छ ।

दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, खरिदार ईश्वरी भण्डारी, यम लालपन्थी र चालक केशव कार्कीको जीप दुर्घटनामा ज्यान गएपछि प्रशासनले शोकमा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले आज कार्यालयको सबै कामकाज पूर्णरुपमा बन्द रहने र भोलिदेखि सोमबारसम्म शान्ति सुरक्षा र मुद्दा सम्बन्धीका कामकाजबाहेक अन्य सेवा बन्द हुने बताए ।

हिजो गुल्मीको सदरमुकाम तम्घासबाट स्वर्गद्वारी दर्शनका लागि छुटेको लु १ ज १६५५ नम्बरको जीप प्युठान नगरपालिका-३ रुमाले नजिकै दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । घाइते भएका ७ जनाको काठमाडौँमा उपचार भइरहेको छ भने एक जनाको प्युठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

अन्य चार जना भने सामान्य उपचारपछि घर फर्किएका प्रकाशकीय अधिकृत पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १ : ०० बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय