भारतमा १२ कक्षाको बोर्ड परीक्षा स्थगित, कक्षा १० को परीक्षा रद्द « Khabarhub

भारतमा १२ कक्षाको बोर्ड परीक्षा स्थगित, कक्षा १० को परीक्षा रद्द


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भइरस (कोभिड-१९) को संक्रमण बढेपछि भारतमा कक्षा १० को परीक्षा रद्द गरिएको छ। त्यस्तै १२ कक्षाको परीक्षा स्थगित भएको छ ।

शिक्षा मन्त्री रमेश पोखरियाल निशंकले सामाजिक सञ्जालमार्फत् कक्षा १० को नतिजा आन्तरिक मूल्याङ्कतमार्फत गरिने र त्यसको लागि केन्द्रीय माध्यमिक शिक्षा बोर्डले मापदण्ड तयार पार्ने जानकारी दिए।

त्यस्तै उनले कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित गरिएको र यसको विषयमा पछि थप निर्णय गरिने बताए । मन्त्री पोखरियालले यस विषयमा जुन १ तारिखमा बस्ने बैठकले समीक्षा गर्ने बताए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकपछि शिक्षा मन्त्रालयले परीक्षाको विषयमा निर्णय गरेको हो। मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले कोरोना संक्रमण बढेको कारण माध्यमिक शिक्षा परीक्षा रद्द गर्न अपिल गरेका थिए।

केन्द्रीय माध्यमिक शिक्षा बोर्डले लिने परीक्षा ४ देखि १४ मे सम्म सञ्चालन हुने तय गरिएको थियो।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १ : ०८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको