भोजपुरी र मैथिली भाषा सिक्न तराईमा विपिन « Khabarhub

भोजपुरी र मैथिली भाषा सिक्न तराईमा विपिन


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूले अभिनय गरेका प्रत्येक फिल्ममा फरक–फरक गेटअप देखिएर दर्शकको मन जितेका अभिनेता विपिन कार्की यतिबेला नयाँ फिल्म ‘विवेक’को तयारीमा छन् ।

निर्माता माधव वाग्लेको डेब्यू निर्देशन रहने यो फिल्मका लागि गत चैत २८ गतेबाट जनकपुरमा अडिसन भइरहेको छ ।

माधवकै फिल्म ‘छड्के’बाट फिल्मी अभिनयमा पाइला चालेका विपिन यतिबेला तराईको रहनसहनलाई नजिकबाट नियाल्न तराई यात्रामा छन् ।

‘फिल्मको छायांकन जनकपुर र वीरगन्जको सेरोफेरोमा हुने भएकाले आफू यहाँको परिवेश र फरक समुदायमा भिज्नका लागि यहाँ आएको हुँ’, विपिनले भने,‘विवेक नेपाली फिल्म भए पनि यसमा मैथिली र भोजपुरी संवाद पनि राखिएका छन् । त्यहीकारण यी भाषा सिक्न र रहनसहन बुझ्न तराईमा छु ।’

निर्देशक वाग्लेले फिल्मले तराई क्षेत्रको कथा समेट्ने भएकाले तराईकै कलाकारहरुलाई फिल्ममा प्राथमिकता दिइने बताए । लोकनाथ कोइरालाको लेखन रहेको फिल्म नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण हुनेछ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १ : ३० बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

आईपीएल : कूपर कोनोलीको विष्फोटक ब्याटिङमा पञ्जाबको सहज जित

काठमाडौँ – अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर