वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’ « Khabarhub

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा एक ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि ललितपुर प्रहरीले रामशरण शर्मा बजगाईंलाई नियन्त्रणमा लिएको हो ।

केही दिनअघि एमाले कार्यकर्ताले प्रदर्शन गर्ने क्रममा बाटोमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त घटना सार्वजनिक भएलगत्तै गृहमन्त्री गुरुङले संलग्नलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका थिए । पक्राउ परेका बजगाईंलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बजगाई एमाले युवा संघ ललितपुर अध्यक्षसमेत हुन् ।

यसैबीच, गृहमन्त्री गुरुङले बुधबार ती पीडित ज्येष्ठ नागरिकलाई उनकै निवास पुगेर भेटेका छन् । कार्यव्यस्तताका बाबजुद साँझ निवास फर्किने क्रममा मन्त्री गुरुङ ललितपुरस्थित वृद्धको घर पुगेका हुन् ।

भेटका क्रममा गृहमन्त्री गुरुङले भिडियो देखेपछि आफू स्तब्ध भएको र रातभर निदाउन समेत नसकेको बताए । ‘समाजका आदरणीय ज्येष्ठ नागरिकमाथि सडकमै यसरी दुर्व्यवहार हुनु निन्दनीय छ’, उनले भने, ‘त्यसैले मैले तत्कालै एक्सन लिन निर्देशन दिएको हुँ । राज्य सधैँ तपाईंहरूको साथमा छ ।’

आफूमाथि अन्याय हुँदा सरकारले तत्काल तदारुकता देखाएको भन्दै पीडित वृद्धले गृहमन्त्रीलाई धन्यवाद दिएका थिए । उनले दोषीमाथि कानुनी कारबाही हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ५ : ५१ बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ