गलत बानीले हामीलाई खाद्यवस्तुले पुगेको छैन– प्रधानमन्त्री (भिडियोसहित) « Khabarhub

गलत बानीले हामीलाई खाद्यवस्तुले पुगेको छैन– प्रधानमन्त्री (भिडियोसहित)


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले चाहे जस्तो सुकै काम गर्न सक्ने बताएका छन् ।

देशभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हामी पछाडि परेका छौँ भन्ने नसोची नयाँ काम गर्नुपर्ने बताए ।

नेपाल अण्डा, माछामासुमा आत्मनिर्भर रहेको भन्दै अन्य खाद्यवस्तुमा पनि निर्भर हुनेगरी काम गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाललाई अब खाद्यबालीमा आयातमुखी होइन निर्यातमुखी बनाउनुपर्छ । अहिलेनै हामी अण्डा, माछामासुमा आत्मनिर्भर छौँ । अबको तीन वर्षमा सबै खाद्यबालीमा पनि आत्मनिर्भर हुन्छौँ । खाद्यान्नमा नेपाललाई आयातमुखी होइन, निर्यातमुखी बनाउनुपर्छ ।’

हेरौँ भिडियो

प्रधानमन्त्रीले नेपालीको गलत आदत र बानीका कारण नेपालमै उत्पादन भएको खाद्यबालीले एक वर्ष धान्न नसकेको बताएका छन् । उनले भने, ‘हामीले पुग्दो खाद्यबाली उत्पादन गरेका छौँ । तर गलत बानीले हामीलाई खान पुगेको छैन । त्यसैले हामीले बानी सुधार्न आवश्यक छ ।’ गलत बानीको चर्चा गरेपनि नेपालीका कुन कुन बानी गलत छन् भन्ने विषयमा बोलेनन् ।

उनले नयाँ सोचका साथ काम गर्ने भन्दै सबै नेपालीले हरेक दिन एकपाइला अघि बढ्ने गरी काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले सकारात्मक सोचका साथ काम गरिरहेका छौँ । सम्पूर्ण काममा हामीले एक पाइला अघिको प्रगती हासिल गरेका छौँ । यो क्रमलाई निरन्तरता दिनुपर्छ ।’

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १ : ५७ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै