नबिल बैंकको ‘स्मार्ट बैंक एप’मा कार्ड इन्टिग्रेसनको सेवा « Khabarhub

नबिल बैंकको ‘स्मार्ट बैंक एप’मा कार्ड इन्टिग्रेसनको सेवा


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नविल बैंक लिमिटेडले ‘नविल स्मार्ट बैंक एप’मा कार्ड इन्टिग्रेसनको सेवा दिन शुरू गरेको छ ।

आफ्ना ग्राहकहरूलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले सो सुविधाको सुरुवात गरेको हो । बैंकले यस सुविधा शुरु गरेसँगै अब ग्राहकहरूले आफ्नो कार्डको जानकारी लिन बैंक जानु नपर्ने भएको छ ।

यस सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता तथा कार्डमार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्ट बैंक एपद्वारा नै लिन सकिनेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरूको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरूमा उपलब्ध गराएको छ ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  २ : ५८ बजे

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध