बैतडीमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान « Khabarhub

बैतडीमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिम प्रदेश सरकारका सहयोगमा बैतडी जिल्लामा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालनमा आएको छ ।

स्वास्थ्य कार्यालयले ‘स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता गरौँ, निरोगी बनौँ, स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने नाराका साथ सो अभियान सञ्चालनमा ल्याएको हो ।

अभियानअन्तर्गत जिल्लामा सरकारी कार्यालयका सबै कर्मचारीको नियमित स्वास्थ्यपरीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियानअन्तर्गत स्वास्थ्य कार्यालयले जिल्लाका सबै सरकारी कर्मचारीको स्वास्थ्यपरीक्षण गरिरहेको हो ।

उनले भने,“कर्मचारीको स्वास्थ्य जाँच गरी नसर्ने रोगबाट बच्न स्वास्थ्य सल्लाहसमेत प्रदान गरिरहेका छौँ, नसर्ने रोगबाट बच्नको लागि अपनाउनपर्नुे स्वास्थ्य सावधानीका बारेमा जानकारी र सतर्कता अपनाउन प्रोत्साहन दिनको लागि स्वास्थ्य परीक्षणको काम जारी राखेका हौं ।”

जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको स्वास्थ्य जाँच गर्दै स्वस्थ जीवनशैली अपनाउन अभियानले सहयोग गर्ने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । कर्मचारीले कार्यालयमा बसेरै काम गर्ने गरेको र शारीरिक क्रियाकलापमा कम सक्रिय हुने गरेकाले विभिन्न खालका नसर्ने रोगको जोखिम बढ्दै गएको उनको भनाइ छ ।

विभिन्न रोगको जोखिम कम गर्न अभियान सञ्चालनमा आएको हो । यस्तै अस्वस्थकर खानपिन, धूमपान तथा मद्यपानको प्रयोगबाट निम्तिने जोखिमपूर्ण व्यवहार कम गर्न अभियानले मद्दत गर्ने अपेक्षा गरिएको छ । जिल्ला सदरमुकाममा रहेका विभिन्न सरकारी कर्मचारीको मधुमेह, रक्तचाप, शरीरको मोटोपना, मिर्गाैला र कोलेसटेरोल आदिको परीक्षण गरी समयमै रोग पत्ता लाग्ने र निवारणका लागि सहज हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

अभियानका लागि प्रदेश सरकारले रु तीन लाख बजेट विनियोजन गरेको छ । पहिलो चरणमा जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य परीक्षणको काम भइरहेको र दोस्रो चरणमा पालिकाका कर्मचारीको पनि स्वास्थ्यपरीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारी कार्यालयको समन्वयमा स्वास्थ्य कार्यालयको टोलीले कर्मचारीको नियमित स्वास्थ्य जाँच गरिरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १० : ०१ बजे

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला