प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच बालुवाटारमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच बालुवाटारमा भेटवार्ता


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

दुबै दलले बनाएका कार्यदलका सदस्यसहित दुई अध्यक्षबीच बिहीबार दिउँसो बालुवाटारमा वार्ता भएको हो ।

भेटवार्तामा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले जसपाका एजेन्डालाई अब कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको बताए ।

‘आजको भेटमा हामीले अगाडि सारेका एजेन्डालाई अब कसरी लैजाने भन्नेबारे कुराकानी भएको हो,’ उनले भने, ‘सरकारबारे हामीले केही कुरा गरेनौँ ।’

यसअघि प्रधानमन्त्री ओलीले जसपासँग कुरा गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको कार्यदल बनाएका थिए । जसपाको कार्यदलमा सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण छन् ।

प्रधानमन्त्री ओलीलाई सघाउने कि उनको विकल्प खोज्ने भन्नेमा जसपामा दुई धार छन् । नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई तत्कालै हटाइहाल्ने पक्षमा छन् भने अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो ओली सरकारप्रति नरम छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा जसपालाई आफूतिर तान्ने प्रधानमन्त्रीको प्रयास छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ६ : ३० बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग