दूरसञ्चार प्राधिकरणको कार्यालय नाचघरमा « Khabarhub

दूरसञ्चार प्राधिकरणको कार्यालय नाचघरमा


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय सरेको छ । यसअघि कमलादीमा रहेको प्राधिकरणको कार्यालय राष्ट्रिय नाचघर जमलको सांस्कृतिक संस्थान अर्थात् व्यापारिक भवनमा सरेको हो ।

प्राधिकरणबाट हुँदै आएका सम्पूर्ण काम आजदेखि जमलस्थित नाचघरबाट प्रवाह भएको जनाइएको छ । आफ्नै कार्यालय भवन नभएको प्राधिकरणले नाचघरको व्यापारिक भवन १० वर्षका लागि भाडामा लिएको हो ।

प्राधिकरणले नयाँ भवनलाई मासिकरुपमा प्रतिवर्ग फिट रु ७० भाडा बुझाउने गरी सम्झौता गरेको जनाइएको छ ।

प्राधिकरणले यसअघि खुमलटारस्थित रेडियो नेपालको जग्गामा कार्यालय भवन बनाउने तयारी थालेको थियो । ४२ रोपनी उक्त जग्गामा भवन बनाउने प्रक्रिया शुरु नभएपछि प्राधिकरणले नाचघरको भवनमा कार्यालय सारेको हो ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १० : १५ बजे

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।