स्वास्थ्य मन्त्रालय ! १४ जिल्लाका विद्यालय बन्द हो ? « Khabarhub

स्वास्थ्य मन्त्रालय ! १४ जिल्लाका विद्यालय बन्द हो ?


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘बढ्दो कोभिड–१९ संक्रमण’ बारे बिहीबार एउटा ‘अत्यन्त जरुरी’ अपिल जारी गरेको छ ।
अपिलको दोस्रो बुँदामा काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लालाई ‘अति प्रभावित’ भनेर वर्गीकरण गरेको जानकारी गराइएको छ ।

यी जिल्लाहरूमा ‘बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरू, सात बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरू, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा, सम्मेलन, बैठक तथा भेलाहरू, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरूमा सहभागी नभइदिनु हुन’ अपिल गरिएको छ ।

यस बुँदामा भिडभाड हुुने क्षेत्रमा रात्रि व्यवसाय, जात्राहरू, सभासम्मेलन, सिनेमा हल, सपिङ मल, पार्टी प्यालेस लगायतसँगै विद्यालयलाई पनि राखेर ‘सहभागी नभइदिनु हुन’ अपिल गरिएको छ ।

प्रश्न उठ्छ, विद्यालयमा सहभागी नहुनु भनेको के हो ? अपिलको मजबुनले विद्यार्थी र शिक्षकलाई विद्यालय नजानू भन्छ ।

निश्चय नै, भिडभाड हुने क्षेत्रमा विद्यालय पनि एक हो तर भिडभाड हुने सेवाका अन्य क्षेत्र र विद्यालय एकै होइनन् भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुझेको देखिएन । रेस्टुरेन्ट र सिनेमा हल नजानु र विद्यालय नजानु एकै प्रकृतिको कुरा होइन ।

अर्को प्रश्न उठ्छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपिल मानेर शिक्षक र विद्यार्थी विद्यालय नजाने हो ?

विद्यालय बन्द भएको सूचना आएपछि मात्रै शिक्षक र विद्यार्थी विद्यालय नजाने हो भन्ने सामान्य कुरा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेवास्ता गरेर शिक्षक र विद्यार्थीलाई ‘विद्यालयमा सहभागी नभइदिनु हुन’ अपिल गरेको छ ।

यो कस्तो अनौठो अपिल !

शिक्षा मन्त्रालका अनुसार कोभिडको अवस्था हेरेर विद्यालय चलाउने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई छ । यसैअनुसार नेपालगञ्ज उपमहानरपालिकाले बिहीबारै एक विज्ञप्ति जारी गरेर आफ्नो क्षेत्रका विद्याल आगामी आइतबारदेखि एक साताका लागि बन्द गर्न निर्देशन दिएको छ ।

यस्तो छ मन्त्रालयको अपिल

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ७ : १५ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम