१३ स्थानमा खनिज उत्खनन् तथा अन्वेषण गरिने « Khabarhub

१३ स्थानमा खनिज उत्खनन् तथा अन्वेषण गरिने


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुकका विभिन्न १३ स्थानमा खनिज उत्खनन् तथा अन्वेषण गरिने भएको छ ।

खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवर्द्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन् तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले चुनढुङ्गा, तामा, मार्बल, बालुवा र कावालीन उत्खनन् तथा अन्वेषणणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिए ।

विभागले सल्यानको कपुरकोट, धादिङको बेनिघाट–रोराङ गाउँपालिकाको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा, मकवानपुरको सुपिनमा मार्बल, गोरखाको गण्डकी गाउँपालिकाको घ्याल्चोकको पाँच स्थानमा बालुवा उत्खनन् गर्न लागेको छ ।

धादिङको बेनीघाट–रोराङ गाउँपालिकास्थित धुसा, म्याग्दीको ओखरबोट र मकवानपुरको आग्राखोलामा तामा र मकवानपुरको दामनमा कावालीनको विस्तृत अन्वेषण गर्न लागेको छ ।

महानिर्देशक घिमिरेले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका स्वदेशी तथा विदेशी कम्पनीलाई प्राविधिक र आर्थिक प्रस्ताव अध्ययन गरेर राम्रो कम्पनीलाई उत्खननका लागि अनुमति प्रदान गरिने बताए ।

खानी तथा खनिज पदार्थ नियमावलीअनुसार प्राविधिक प्रस्तावमा ६० प्रतिशत र आर्थिक प्रस्तावलाई ४० प्रतिशत आधार मानेर मूल्याङ्कन गर्ने गरिन्छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ८ : ४६ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार