तपाईंको कपाल फूल्यो ? थाहा पाउनुहोस् कारण « Khabarhub

तपाईंको कपाल फूल्यो ? थाहा पाउनुहोस् कारण


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ कपालको वास्तविक रङ्ग सेतो हुन्छ । उमेर बढ्दै गएपछि कपालको रंग कालोबाट बद्लिएर सेता हुन्छ । तर किन ?

हाम्रो कपाल (साफ्ट) पाइप र जरा गरेर दुई भाग हुन्छ । साफ्ट टाउकोको बाहिरी भागमा देखिने भाग हो । जरा चाहिँ टाउकोको भित्री भागमा हुन्छ । जसले कपाललाई अडाएर राख्दछ ।

कपालको रंग निर्धारण गर्ने मेलानिन रसायनका आधार हुन् । यही रसायनले कपालको रङ्ग सेतो नभएर विभिन्न खाले हुन्छ । यो रसायन जन्मेदेखि नै बनिन थाल्दछ । मानिस जति बुढो भयो कपालमा मेलानिनको मात्रा त्यति नै कम हुँदै जान्छ र कपाल सेतो हुन्छ । यसलाई नै हामी हाम्रो कपाल फुल्यो भनेर भन्छौँ ।

कपाल फुल्ने कारण :
१. कपाल फुल्नमा जीन महत्वपुर्ण हुन्छ । बाबु बाजेको जीन सन्ततिमा भेटाउन सकिन्छ ।
२. कपालमा भिटामिन बीको कमी भयो भने पनि त्यो चाँडै फुल्ने गर्छ ।
३. रगतमा आइरनको कमी वा थाइरोड ग्ल्यान्डमा खराबी भयो भने पनि कपाल फुल्छ ।
४. चुरोट खानेहरुको कपाल पनि चुरोट नखाने मानिसको भन्दा चाँडै फुल्छ ।
५. प्रदूषणको असरका कारण पनि मानिसको कपाल चाडैं फुल्ने गर्दछ ।
६. क्यान्सर, एड्स जस्ता रोग लाग्यो भने पनि कहिलेकाहीँ उमेर मै कपाल फुल्ने गर्छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ५ : २५ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले