यसरी बनाउन सकिन्छ सुत्केरीका लागि पोषिलो सुप « Khabarhub

यसरी बनाउन सकिन्छ सुत्केरीका लागि पोषिलो सुप


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुत्केरी अवस्था महिलाको लागि विशेष संवेदनशिल र जोखिम अवस्था हो ।

यस अवस्थामा महिलाको लागि साधारण अवस्थामा भन्दा २५ प्रतिशत बढी पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ ।

सुत्केरी अवस्थामा महिलालाई विशेष गरी प्रोटिन शक्ति आइरन, फोलिक एसिड, भिटामिन ए र क्याल्सियमका साथै अन्य पौष्टिक तत्वहरुको थप आवश्यकता पर्दछ ।

पौष्टिक तत्वको साथै नवजात शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउन बढी पोषिलो र झोलिलो खानाको आवश्यकता पर्दछ । त्यसैले सुत्केरी अवस्थामा महिलाले पोषिलो सुप खानुपर्ने हुन्छ ।

पोषिलो सुपले सुत्केरी महिला र नवजात शिशुको पोषण अवस्थामा सुधार गर्न सहयोग पुर्‍याउँछ । त्यसैले पोसिलो सुप कसरी बनाउने भन्ने विषयमा जानकारी दिदैछौं ।

पोषिलो सुप बनाउनका लागि चाहिने सामग्रीहरु

चामल ७० ग्राम, २० ग्राम हरियो मुङ्ग, ३ ग्राम ज्वानो, २ ग्राम जिरा, २ ग्राम नुन र ५ ग्राम घ्यु वा तेल आवश्यक पर्छ ।

सुप बनाउने तरिका

चामल, हरियो मुङ्ग, ज्वानो र जिरा राम्ररी केलाउने । ती सामग्रीलाई छुट्टाछुट्टै भुट्ने र फेरि केलाउने । केलाएको सामग्रीलाई फेरि छुट्टाछुट्टै पिस्ने । पिसिएको सामग्रीलाई चाल्ने । सबै सामग्रीलाई मिसाउने र राम्ररी चलाउने ।

यसरी तयार पारिएको खाद्यवस्तुलाई तातोपानीमा आवश्यकता अनुसार धुलो सुप, नुन र घ्यु राखेर राम्ररी चलाएर हल्का पकाउने । झोल सुप तयार भएपछि सुत्केरी महिलालाई खुवाउने । यस्तै बाँकी रहेको पोषिलो सुपको कच्चा खाद्यपदार्थलाई हावा नछिर्ने बट्टामा प्याक गरेर राख्न सकिन्छ ।

१०० ग्राम पोषिलो सुत्केरी सुपमा पाइने पौष्टिक तत्व यी हुन्—

– जलांस ५ दशमलब ८,

– शक्ति ३७० दशमलब ७ कि क्या,

– प्रोटिन १२ दशमलब ७ ग्राम,

– चिल्लो पदार्थ १ दशमलब ८५ ग्राम,

– क्रुड फाइबर शुन्य दशमलब ९१ ग्राम,

– कार्वोहाइड्रेट ७५ दशमलब ८ ग्राम पौष्टिकतत्व पाइन्छ ।

साभार : ‘स्वास्थ्य खबरपत्रिका’ पुस्तकबाट

 

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ४ : ४० बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६