यसरी बनाउन सकिन्छ सुत्केरीका लागि पोषिलो सुप | Khabarhub Khabarhub

यसरी बनाउन सकिन्छ सुत्केरीका लागि पोषिलो सुप


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुत्केरी अवस्था महिलाको लागि विशेष संवेदनशिल र जोखिम अवस्था हो ।

यस अवस्थामा महिलाको लागि साधारण अवस्थामा भन्दा २५ प्रतिशत बढी पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ ।

सुत्केरी अवस्थामा महिलालाई विशेष गरी प्रोटिन शक्ति आइरन, फोलिक एसिड, भिटामिन ए र क्याल्सियमका साथै अन्य पौष्टिक तत्वहरुको थप आवश्यकता पर्दछ ।

पौष्टिक तत्वको साथै नवजात शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउन बढी पोषिलो र झोलिलो खानाको आवश्यकता पर्दछ । त्यसैले सुत्केरी अवस्थामा महिलाले पोषिलो सुप खानुपर्ने हुन्छ ।

पोषिलो सुपले सुत्केरी महिला र नवजात शिशुको पोषण अवस्थामा सुधार गर्न सहयोग पुर्‍याउँछ । त्यसैले पोसिलो सुप कसरी बनाउने भन्ने विषयमा जानकारी दिदैछौं ।

पोषिलो सुप बनाउनका लागि चाहिने सामग्रीहरु

चामल ७० ग्राम, २० ग्राम हरियो मुङ्ग, ३ ग्राम ज्वानो, २ ग्राम जिरा, २ ग्राम नुन र ५ ग्राम घ्यु वा तेल आवश्यक पर्छ ।

सुप बनाउने तरिका

चामल, हरियो मुङ्ग, ज्वानो र जिरा राम्ररी केलाउने । ती सामग्रीलाई छुट्टाछुट्टै भुट्ने र फेरि केलाउने । केलाएको सामग्रीलाई फेरि छुट्टाछुट्टै पिस्ने । पिसिएको सामग्रीलाई चाल्ने । सबै सामग्रीलाई मिसाउने र राम्ररी चलाउने ।

यसरी तयार पारिएको खाद्यवस्तुलाई तातोपानीमा आवश्यकता अनुसार धुलो सुप, नुन र घ्यु राखेर राम्ररी चलाएर हल्का पकाउने । झोल सुप तयार भएपछि सुत्केरी महिलालाई खुवाउने । यस्तै बाँकी रहेको पोषिलो सुपको कच्चा खाद्यपदार्थलाई हावा नछिर्ने बट्टामा प्याक गरेर राख्न सकिन्छ ।

१०० ग्राम पोषिलो सुत्केरी सुपमा पाइने पौष्टिक तत्व यी हुन्

– जलांस ५ दशमलब ८,

– शक्ति ३७० दशमलब ७ कि क्या,

– प्रोटिन १२ दशमलब ७ ग्राम,

– चिल्लो पदार्थ १ दशमलब ८५ ग्राम,

– क्रुड फाइबर शुन्य दशमलब ९१ ग्राम,

– कार्वोहाइड्रेट ७५ दशमलब ८ ग्राम पौष्टिकतत्व पाइन्छ ।

साभार : स्वास्थ्य खबरपत्रिकापुस्तकबाट

 

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ४ : ४० बजे

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल

काठमाडौं– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख