हरिवंश गाउँछन् : अर्को जुनी खै कुन्नि ! « Khabarhub

हरिवंश गाउँछन् : अर्को जुनी खै कुन्नि !


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘अर्को जुनी खै कुन्नि

कसलाई थाहा छ र खै

यही जुनीमा कोरोनाबाट बचौँ है’

यही वैशाख १९ गते अभिनेता तथा गायक हरिवंश आचार्यले आफ्नो स्वरमा रहेको यो गीतको भीडीयो आफ्नो फेसबुक पेजमा पोस्ट गरे ।

कोरोना महामारीका कारण जनजीवन त्रस्त बनिरहेको समयमा कोरोनाबाट जोगिन सचेत गराउने उद्देश्यले बनाइएको यो गीत उनको पेजमा १६ लाखले हेरिसकेका छन्, २७ हजारले शेयर गरेका छन् । झण्डै साढे सात सय प्रतिक्रिया आएको छ ।

दिनेश थपलियाको शब्द र दीपक शर्माको सङ्गीत रहेको यो गीतको मेलोडी २ वर्षअघि मेलिना राई र सरोज ओलीको स्वरमा रहेको प्रेमभावको गीत ‘अर्को जुनी’ मा आधारित छ ।

हरिवंशका अनुसार यो गीतको काम एक दिनमै सकिएको हो । उनले भने, ‘सरोज भाइले गीतको शब्द सुनाएपछि मलाई मन पर्‍यो । अनि एक दिनमै रेकर्ड, सम्पादन र सुटिङ गरेर चार घण्टामै तयार भयो । त्यसपछि मैले आफ्नो फेसबुक पेजमा राखेँ ।’

गीत सार्वजनिक भएपछि आफूहरूले स्वास्थ्य मन्त्रालयलाई आवश्यक परेमा गीत निशुल्क प्रयोग गर्न सक्ने भनेको पनि उनले बताए । गीतमा मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, साबुनपानीले हात धुनुपर्नेजस्ता चेतनामूलक सन्देश छन् ।

अहिले यो गीत नेपालका टेलिभिजनमा नियमित प्रसारण हुँदै आएको छ । नेपाल टेलिकमले पनि आफ्नो रिङब्याक टोनमा यो गीत राखेको छ । गीतको भिडियो महसञ्चारको युट्युब च्यानल र गज्जब टीभीमा पनि उपलब्ध छ । हरिवंशका अनुसार चाँडै यो गीत एनसेलको रिङब्याक टोनमा पनि बज्दैछ ।

हरिवंशले गीतमा रहेको ‘हस्पिटलमा ठाउँ छैन’ भन्ने पदावली टेलिकमले रिङब्याक टोनमा नराखेको खुलाए । उनले भने, ‘सरकारी निकायले नै त्यो वाक्य राख्दा आम जनतामा नकारात्मक सन्देश जान्छ भनेर उहाँहरूले हटाउनुभएछ तर अहिलेको वास्तविकता चाहिँ त्यही नै हो ।’

यता, गीतकार दिनेशले आफूले लेखेको मायाप्रेमको गीतलाई त्यही टोनमा चेतनामूलक गीत बनाउन शब्दमा हेरफेर गरेको बताए । ‘मान्छेहरू आइसोलेसनमा बसेका छन् । सचेत पार्ने खालको गीत बनाऔँ भनेपछि तयार गरिएको हो,’ उनले भने, ‘गीतमा अलिअलि केही शब्द उहाँहरूले पनि थप्नुभएको होला ।’

गीतकार निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त हुन् ।

हरिवंशको भनाइमा उनले अहिलेसम्म चेतनामूलक गीतहरू खासै गाएका छैनन् । केही गीतमा अरु गायकगायिकासँग मिसिएर ‘लिपसिङ’ गरे पनि सोलो चेतनामूलक गीत गाएको यो नै पहिलो हो ।

हरिवंश अन्य गीतहरू सधैँका लागि बने पनि महामारी अथवा अन्य विपद्का समयमा गाइएका गीतहरू इतिहास बन्ने बताउँछन् । उनी भन्छन्, ‘यस्ता गीत क्षणिक समयका लागि बनाइए पनि यसको प्रभाव समाजमा राम्रो पर्छ ।’

यो गीतमा संलग्न सबैले पारिश्रमिक नलिई काम गरेको जनाइएको छ । हरिवंशले यसअघि सुरक्षित मातृत्व, कुष्ठरोग, क्षयरोगजस्ता विषयमा टेलिसिरियल र छोटा भीडीयोमार्फत सन्देश प्रवाह गरिसकेका छन् ।

गत वर्ष असोजमा हरिवंश र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण भएको थियो । अहिले हरिवंशका कलाजोडी मदनकृष्ण श्रेष्ठ र उनको परिवारलाई संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ९ : ०१ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा