दक्षिण एशियामा सुर्तीयुक्त पदार्थमा सबैभन्दा थोरै कर लिन्छ नेपाल | Khabarhub Khabarhub

दक्षिण एशियामा सुर्तीयुक्त पदार्थमा सबैभन्दा थोरै कर लिन्छ नेपाल



काठमाडौँ- नेपालमा सुर्तीयुक्त पदार्थको सेवनले वर्षमा २७ हजार मानिसको ज्यान जाने गरेको छ । यो संख्या प्रत्येक घण्टामा सरदर ३ जनाभन्दा बढी हो र संख्या कुल मृत्युको १५ प्रतिशत हो ।

यस्तो निष्कर्ष हो नेपाल विकास अनुसन्धान प्रतिष्ठानको । विश्व स्वास्थ्य सङ्गठन लगायत विभिन्न संस्थाले गरेका सर्वेक्षणहरूले सुर्तीयुक्त पदार्थ सेवन गर्ने मानिसहरूमा कोभिड–१९ को जोखिम उच्च रहेको निष्कर्ष निकालेका छन् ।

सुर्तीयुक्त पदार्थको सेवनले फोक्सोको क्यान्सर, शरीरका अन्य विभिन्न भागको क्यान्सर, श्वासप्रश्वास सम्बन्धी रोगहरू लगायत विभिन्न मुटु सम्बन्धी रोग लाग्छ ।

यसको प्रतिकूल असर स्वास्थ्यमा मात्र नभई आर्थिक क्षेत्रमा पनि पर्छ छ ।

क्षतिको तुलनामा न्यून कर

नेपालमा सन् २०२० मा मात्र चुरोट र बिँडी तथा सुर्तीयुक्त पदार्थ सेवनका कारण करिब ४० अर्ब रुपैयाँको आर्थिक क्षति भएको प्रतिष्ठानले गरेको अध्ययनको निष्कर्ष छ । यो रकम कुल गार्हस्थ उत्पादनको १ दशमलव ०४ प्रतिशत हो ।

सुर्तीयुक्त पदार्थ सेवनका कारण निम्तिने रोगहरूको उपचारर्थ भएको प्रत्यक्ष र अप्रत्यक्ष खर्च, रोगीहरूको उत्पादकत्वमा आएको ह्रास र असामयिक मृत्यु समेत जोड्दा वर्षेनी उक्त परिमाणको आर्थिक क्षति हुने गरेको अध्ययनको निष्कर्ष छ ।

सन् २०२० मा चुरोट र बिँडीबाट संकलन भएको राजस्व १८ अर्ब ५५ रोड रुपैयाँ थियो । नेपालमा कुल जनसंख्याको ३२ प्रतिशतले सुर्तीयुक्त पदार्थ सेवन गर्ने गरेका छन् ।

सबैभन्दा बढी बिक्री भएको ब्रान्डको खुद्रा मूल्यमा दक्षिण एसियाली मुलुकमध्ये नेपालमा सुर्तीका पदार्थमा लाग्ने कर सबैभन्दा कम छ ।

कर बढाएर खपत घटाउन र राजस्व बढाउन सुझाब नेपाल विकास अनुसन्धान प्रतिष्ठानको सुझाव छ ।

विश्व स्वास्थ्य सङ्गठनले सुर्तीका पदार्थमा ७० प्रतिशत कर लिन सिफारिस गरेको छ । नेपालमा भने ३० प्रतिशत मात्र कर लाग्छ ।

बङ्गलादेशमा ७१ प्रतिशत, माल्दिभ्समा ६९ प्रतिशत, श्रीलंकामा ६६ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत र भारतमा ५४ प्रतिशत कर रहेको छ ।

सन् २००९/१० मा सुर्तीका वस्तुबाट उठ्ने अन्त शुल्क कुल राजस्वको २ दशमलव ५४ प्रतिशत थियो । सन् २०१८/१९ मा आइपुग्दा यो हिस्सा १ दशमलव ८२ प्रतिशतमा झर्‍यो ।

कर बढाउन सुझाब

दक्षिण एसियाली मुलुकमा सुर्तीयुक्त पदार्थमा सबैभन्दा बढी कर लगाउने बङ्गलादेशले कुल राजस्वको ९ दशमलव ५३ प्रतिशत संकलन गर्छ ।

नेपालले पनि चुरोटमा कर वृद्धि गरी राजस्व बढाउन सक्छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययनको निष्कर्षअनुसार चुरोटमा वर्तमान कर ७० प्रतिशतले बढाउने हो भने वार्षिक १२ अर्ब रुपैयाँ राजस्व बढ्छ । यो कर वृद्धिले सुर्तीयुक्त वस्तु सेवन झण्डै ९ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार १० प्रशित मूल्य वृद्धि गर्दा खपत २ देखि ७ प्रतिशतसम्म घट्छ ।

कोरोना भाइरसको महामारीका कारण थलिएको नेपालले चुरोट जस्तो हानिकारक पदार्थमा कर बढाउन उपयुक्त हुने प्रतिष्ठानको निष्कर्ष छ ।

कर बढाऔँ, युवा बचाऔँ

सुर्तीयुक्त पदार्थ पहुँचयोग्य र सजिलै उपलब्ध हुन सक्ने भएकाले युवावर्ग यसको कुलतमा फसेको अध्ययनको ठहर छ ।

चुरोटको बट्टा खोलेर एक खिल्ली मात्रै पनि किन्न पाइने भएकाले विद्यार्थीलाई चुरोट सस्तो र किन्न सजिलो भएको छ । यसकारण पनि युवा वर्गमा चुरोटको लत बस्ने गरेको छ ।

प्रतिष्ठानले नीति तथा कार्यक्रमबाटै सूर्तीयुक्त पदार्थको सेवन निरुत्साहित गर्न सुझब दिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ८ : १० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला